२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा टिप्पर चालकलाई टाईम कार्ड वितरण

३ मंसिर २०७५, सोमबार ०९:००

माधव बेल्वासे | मंसिर ३ कपिलवस्तु (चन्द्रौटा)  | दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यलय कपिलवस्तुले टिप्पर चालकहरुलाई टाइम कार्ड वितरण गरेको छ । जिल्लाको चन्द्रौटामा जिल्ला ट्राफिक प्रहरि निरिक्षक बावुराजा पन्तले चालकहरुलाई ट्राफिक नियमको वारेमा समेत सचेत गराए । टिप्पर चालकहरुले अनियन्त्रित रुपमा सवारी चलाउदा दुर्घटना वढेको वताउदै चालकहरुलाई सचेत गराउन र गति कम गर्नको लागी सो कार्ड प्रदान गरेको निरिक्षक पन्तले वताए ।

दुर्घटना न्युनिकरणको माध्यमको रुपमा टाईम कार्ड भएको वताउदैँ पन्तले चालकलाई होसियार पर्वक सवारी चलाएमा आफु पनि वच्ने र अरुलाई पनि वचाउने वताए ।उनले भने “अहिले टिप्परहरुलाई हेर्ने दृष्टिकोण नै फरक छ त्यसैले टिप्पर चालकहरु सजग भएर सवारी चलाउन जरुरी छ ”।


टिप्पर चालकहरुले धेरै ट्रिप सामान ओसापोसार गर्नको लागी गति तिव्र गराउने हुदा तिव्र गतिकै कारण दुर्घटना धेरै हुने गरेको जनाइएको छ । साघुरो सडक र व्यस्त क्षेत्र रहेको हुदाँ चालकहरुले ट्राफिक नियमलाई पालन गर्नुपर्नेमा निरिक्षक पन्तले जोड दिए । 

 टिप्पर चालकले प्रत्येक प्रहरी कार्यालयमा गाडी रोकेर आफ्नो समय दर्ता गराउने वताइएको छ । तोकिएकोे समय भन्दा छिटो आउने सवारीलाई तिब्र गतिमा सवारी चलाएको हुने हुदाँ आबश्यक कारवाही गर्ने पन्तले वताए ।

चन्द्रौटामा भेला भएका टिप्पर चालक तथा सहचालकले अव टाइक कार्ड वोक्ने छन  ।सोमवार वितरण गरेको टाइम कार्डमा कपिलवस्तुको कृष्णनगर देखि चन्द्रौटा सम्म ३० मिनेट,चन्द्रौटा देखि गोरुसिगे सम्म ३० मिनेट,गोरुसिगे देखि पिपरा सम्म ३० मिनेट भन्दा पहिला पुग्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने