२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मधेस आन्दोलनमा भारतीय संलग्नता प्रमाणित हुँदैछ: पूर्वप्रम नेपाल

२१ कार्तिक २०७२, शनिबार ०९:२०

सन्तोषकुमार गुप्ता/कात्तिक २१, दाङ्ग । नेपाल सरकारका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेस आन्दोलनमा भारतीयको संलग्नता प्रमाणित हुँदै गएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले बिगत २ महिनादेखि नेपालको मधेसमा जारी आन्दोलनमा भारतीयको संलग्नता भएको भएको पछिल्ला घटनाक्रमबाट पुष्टि हुँदै गएको बताउनुभएको हो ।

आन्दोलनमा भारतको संलग्नता छ भन्ने प्रमाण फेला पर्दै गएको दाबी गर्दै नेकपा एमालेका वरिष्ठ नेता समेत रहनुभएका नेपालले आन्दोलनमा भारतीय नागरिक मारिनु, पेट्रोल बमसहित भारतीय नागरिकहरु फेला पर्नु र आन्दोलनकारीहरुलाई सीमापारि लगेर खाना खुवाइनुले मधेस आन्दोलनमा भारतीयहरुको संलग्नता भएको पुष्टि हुँदै गएको बताउनुभयो । ‘आन्दोलन मधेसी जनताको होइन । मधेस केन्द्रीत केही दलहरुको हो’, नेता नेपालले भन्नुभयो, ‘मधेसका केही दलहरुको स्वार्थपूर्तिका लागि भारतले असल छिमेकीको सम्बन्ध तोड्नुहुँदैन । छिमेकीलाई समस्यामा पार्नुहुँदैन ।’ नेपालको आन्तरिक मामिला नेपालीहरु बसेर आफै मिलाउने बताउँदै नेपालले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न भारत सरकारलाई आग्रह गर्नुभयो । ‘हामी आफ्नो समस्या आफै बसेर मिलाउन तयार छौं । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारत हाम्रो छिमेकी या मालिक ?’, नेता नेपालले प्रश्न गर्नुभयो, ‘आफ्नो देशभित्रको आन्तरिक समस्या हल गर्न नसक्ने भारतले नेपालमा किन हस्तक्षेप गर्दैछ ?’ नेपालको मधेसमा आन्दोलन भइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहक्षेत्र गुजरातमा पटेल समुदायको पनि आन्दोलन भइरहेको भन्दै पूर्व प्रधानमन्त्री नेपालले गोर्खाल्याण्डलगायतका क्षेत्रमा समेत भइरहेका समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री मोदीलाई आग्रह गर्नुभयो । ‘आन्दोलन नेपालमा मात्र होइन भारतमा पनि भइरहेका छन् । हामीले भारतमा भएका आन्दोलनको बारेमा कहिल्यै बोलेनौं, भारत किन नेपालमा हस्तक्षेप गर्दैछ’, नेपालले भन्नुभयो, ‘हामी भारतलाई छिमेकीको भूमिकामा आउन आग्रह गर्दछौं ।’
अर्को प्रसंगमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले १९५० को सन्धी पुनरावलोकन गर्नुपर्ने बताउनुभयो । एमालेले पहिलेदेखि नै १९५० को नेपाल–भारत सन्धीको पुनरावलोकन गर्नुपर्ने माग गर्दै आएको स्मरण गर्दै नेपालले एक्काइसौं शताब्दीको धरातलमा टेकेर १९५० को दुई देशीय सन्धीको पुनःव्याख्या गर्नुपर्ने बताउनुभयो । संसदमा पेश भएको संविधान संशोधन विधयकमा भाषा नमिलेकाले केही काटछाँट गरेर अगाडि बढिने नेता नेपालको भनाइ थियो । सीमांकनको विषयमा भारतको चासोले चौतर्फि चिन्ता बढाएको भन्दै नेता नेपालले भारतीय मिडियाले नेपाल टुक्राउने समाचार लेखिरहँदा भारतले नेपालमाथिको हस्तक्षेप गरेकाले चिन्ता बढाएको बताउनुभयो । नेपालीहरुलाई बैदेशीक हस्तक्षेप स्विकार्य नभएका भारतीय एमाधीकार तोडी उत्तरी छिमेकी चीनसँग सम्बन्ध बिस्तार गरेको बताउनुभयो । आगामी निर्वाचनसम्म सत्तापक्ष प्रतिपक्ष नहुने वातावरण तयारका लागि एमाले अघि बढेको भन्दै बिगतको समीक्षा गरेर अघि बढ्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला