२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा भिडियो विज्ञापन उत्पादन सुरु (हेर्नुहोस् भिडियो)

२०७५, ४ मंसिर मंगलवार ०६:२२

रेशमराज रोकाया | मंसिर ४, हुम्ला | हुम्लामा पहिलो भिडियो विज्ञापन उत्पादन सुरु भएको छ । जनशक्ति अभावको कारण हुम्लामा भिडियो विज्ञापन उत्पादन नभएको बेला लक्ष्मी मल्टिमेडियाले भिडियो उत्पादन सुरु गरेको हो । गत वर्ष दर्ता पछि हुम्लामा भिडियो वित्तचित्र, विज्ञापन लगायतका सामाग्री लक्ष्मी मल्टिमेडिया हाउसले उत्पादन गर्न थालेको छ । 

स्थानिय टेलिभिजन नभएको कारण हुम्लामा भिडियो विज्ञापन उत्पादन हुन नसक्नुको मुख्य कारण रहेको छ । हाल लक्ष्मी मल्टिमेडियाले हुम्ला जिल्लाका स्थानिय तहका पर्यटनसँग सम्वन्धित वित्तचित्र उत्पादन गरेसँगै भिडियो विज्ञापनको उत्पादनमा लहर छाएको छ । अहिले विज्ञापनको सार्वजनिक युट्यबमा गरिने र पछि राष्ट्रिय सञ्चारका माध्यममा पनि प्रशारणको लागि पहल गरिने लक्ष्मी मल्टिमेडियाका प्रवन्धक लक्ष्मी रोकायाले बताउनु भयो । हुम्लामा सबै जनशक्ति भएता पनि नविन सोच र कार्यको थालनी स्वरुप यो कदम लिएको रोकायाको भनाई रहेको छ । 

हुम्लामा ३ वटा सामुदायिक रेडियो भएता पनि विज्ञापनको स्तरियता त्यती नभएको कारण यहाँका स्थानियले विज्ञापन बजाउन र स्रोता माझमा रुचिकर बनाउन नसकिरहेको बेला भिडियो विज्ञापनले यसको कायापलटको सुरुवात गर्ने लक्ष्य रहेको छ । स्रोता र दर्शकले केही नविन सामाग्रीको स्वाद लिन पाउने गरी भिडियो उत्पादन हुने लक्ष्यको साथमा लक्ष्मी मल्टिमेडिया लागि परेको बताईएको छ । हाल लक्ष्मी मल्टिमेडियामा १ जना क्यामेराम्यान, १ जना भिडियो ईडिटर र एक सहयोगीको रुपमा काम गरेको भएता पनि क्रमशः स्थानिय जो यससँग दक्षता राख्दछन् उनीहरुलाई रोजगारको सिर्जना गरिने भएको छ । 

यसै वर्षमा एक जना व्यवसायिक भिडियो ईडिटर राखी आगामी दिनमा अझ गुणस्तरिय भिडियो सामाग्री उत्पादनमा जोड दिईने प्रवन्धक लक्ष्मी रोकायाले जानकारी दिनु भयो । हुम्लामा प्राकृति स्रोत साधन अति नै उच्च रहेको, पर्यटकिय स्थलको उत्खनन् र संरक्षण नभईरहेको बेला पर्यटनसँग सम्वन्धित वित्तचित्र बनाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्नको लागि आफु लागि परेको बताउनु भयो । पहिलो चरणमा हुम्लाका ४ वटा होटेलको विज्ञापन निर्माण गर्न लागिएको समेत रोकायाले बताउनु भयो । सुरुवातीमा सिमकोटमा रहेको मानसरोवर होटेलको विज्ञापन उत्पादन गरिएको छ । अन्य सम्झौता भएका होटेलको विज्ञापन हाल निर्माणाधिन रहेको समेत जानकारी गराईएको छ । विज्ञापनको सार्वजनिक युथ भ्वाईस नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ