२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

काँग्रेसको नेतृत्वमा मात्र देशले निकास पाउँछ : चौधरी

२३ कार्तिक २०७२, सोमबार ०७:३५

सन्तोषकुमार गुप्ता, कात्तिक २३, भालुवाङ्ग । नेपाली काँग्रेस क्षेत्र नम्बर २ की सभासद् शुशिला चौधरीले देशको वर्तमान राजनितिक निकास नेपाली काँग्रेसको नेतृत्वमा मात्र सम्भव भएको बताईएकी छिन् ।

con1

नेपाली काँग्रेस लालमटिया ईकाई समितीले दशैँ, तिहार, छट, बकरिद तथा किसमस डे को अवसरमा आईतबार लालमटियाको मौरीघाटमा आयोजना गरेको शुभकामना आदान—प्रदान तथा चियापान कार्यक्रममा बोल्दै सभासद् चौधरीले यस्तो बताईन् । उनले नेपाली काँग्रेसको नेतृत्वमा तत्कालिन बिद्रोही पार्टी माओवादी संंग बिस्तृत शान्ति सम्झौता देखि लोकतान्त्रिक संविधान जारी सम्म एतिहासिक उपलब्धी हासिल गरेको चर्चा गदै अहिलेको निकास पनि काँग्रेसको नेतृत्व बिना सम्भव नभएको बताईन् ।

con2

जब—जब देशमा संकट आउँछ तब—तब नेपाली काँग्रेस जनताको बचिमा रहेर जनभावना बमोजिम काम गदै आएको बताउँदै सभासद् चौधरीले आन्दोलनरत मधेशबादी दलहरु बार्ता र सम्वादबाट निकास खोज्ज आग्रह समेत गरिन् । नयाँ संविधान जारी संगै भारतले गरेको अघोषित नाकाबन्दी छिमिकीले गर्ने व्यवहार भने पटक्कै ठीक नभएको बताउँदै कार्यक्रमकी प्रमुख आतिथी समेत रहेकी चोधरीले नेपालको आन्तरिक मामिलामा अनावश्यक दबाब नदिन आग्रह समेत गरिन् ।

नेपाली काँग्रेस लालमटिया ईकाई समिती सभापति नुमानन्द सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी पूर्व सांंसद कृष्णकिशोर घिमिरे अहिलेको महाधिवेशन एकता र राष्ट्रियताको अधिवेशन भएको बताए । काँग्रेसलाई जनताको घर दैलो सम्म ब्यापक बनाउन संगठानात्मक अभियान लाग्न समेत सबै नेत कार्यकर्ताहरुलाइृ आग्रह समेत गरे । उनले काँग्रेसको आन्तरिक बिबादकै कारण राष्ट्रपति र प्रधानमन्त्री गुमाउनु परेको भए पनि सत्ता सञ्चालनको गतिलो अनुभव काँग्रेस बाहेक अरु संग नभएको बताउँदै घिमिरेले केपी ओलीको गठबन्धनको लामो आयु समेत नरहेको दाबी गरे ।

त्यस्तै काँग्रेसकै जिल्ला सचिव कमलबिशोर घिमिरेले अहिलेको राजनितिक समस्याहरु राजनितिक रुपले नै समाधान तर्फ लाग्नु पर्ने बताए । उनले काँग्रेस जोगी होइन् सत्ताका लागि नेपाली काँग्रेस होईन् सत्ता गठबँधनका लागि काँग्रेसलाई घेराबन्दी गर्न खोज्दा सरकारी बाहिर बस्नु परेको बताए ।

काँग्रेस लालमटिया ईकाई समिती उपाध्यक्ष रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको चियापान कार्यक्रममा बोल्ने बक्ताहरुले भारतले गरेको अघोषित नाकाबन्दीको चर्को बिरोध गरेका थिए । उनहिरुले भारतले गरेको नाकाबन्दी अत्यन्तै दुखद पूर्ण रहेको भन्दै नेपालको समस्या तत्काल केप ीओली सरकारले कुटनैतिक पहलबाट समाधन गर्न आग्रह गरे । काँग्रेस प्रतिपक्षमा रहेको भए पनि ओली सरकारलाई नाकाबन्दी देखि राष्ट्रियताका सवालमा सहयोगी भुमिका रहने समेत बताएका थिए ।

महा समिती सदस्य लालमोहम्द मियाँ, महाधिवेशन प्रतिनिधि सदस्यहरु कृष्णप्रसाद सुवेदी, धुव्र पुन, पुर्व जिल्ला सदस्य भेषराज खत्री, क्षेत्रिय सचिव हरिप्रसाद भुसाल, नेकपा एमालेका प्रेमबहादुर केसी, एकिकृत नेकपा माओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, राप्रपाका टेकबहादुर गिरी, राजमोका हुकुमबहादुर बस्नेत, किसान संघका बुद्घिराम चौधरी र पत्रकार केशव बोहरा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस लालमटिया ईकाई समितीका सचिव हस्तबहादुर गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन