Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ मंसिर ०४ गते, बिहान ७:३८ बजे
पाल्पा - PLP

पाल्पामा ३ सय १७ एचआइभी सङ्क्रमित फेला

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ४, पाल्पा | पाल्पा जिल्लामा ३१७ जना एचआइभी सङ्क्रमित फेला परेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, नौ महिला, १४ वर्ष मुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित बिरामी नयाँ थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । 

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना बिरामी रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट सङ्क्रमितले निःशुल्क एआरटी सेवा लिइरहेका छन् । जिल्लामा करीब ४१ जना एचआइभी सङ्क्रमित खुलेर हिँड्ने गरेका छन् । 

विभिन्न लाञ्छनाका कारणले समाजमा सङ्क्रमित बिरामी खुल्न हिचकिचाउने गरेको पाइन्छ । सङ्ख्यागत हिसाबले खुल्नेको सङ्ख्या जिल्लामा न्यून रहेपनि विगतका वर्षको तथ्याङ्कलाई हेर्दा अहिले समाजमा खुल्नेको सङ्ख्यामा सुधार रहेको देखिन्छ ।