२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

पार्किङ व्यवस्थापन गर्न दिक्तेल बजारमा ट्राफिक संकेत

४ मंसिर २०७५, मंगलवार ०८:३४

चिसाङ शेर्पा | मंसिर ४, खोटाङ   | दिक्तेल बजारमा जथाभावी भईरहेको पार्किङलाई रोक्नका लागि ट्राफिक संकेतहरु राख्न थालिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने दिक्तेलबजारमा पार्किङलाई व्यवस्थित गर्न विभिन्न ट्राफिक संकेतहरु राख्न थालिएको छ ।


नगरपालिकाको आर्थिक सहयोग र ट्राफिक प्रहरीको सहकार्यमा बजारको आसपासमा राखिने गरी मंगलबार नगरप्रमुख दिपनारायण रिजालले दिक्तेल बेसक्याममा ट्राफिक प्रहरीलाई, रोक्न निषेध, हर्न बजाउन निषेध, पार्किङ निषेध, गती सिमित, विद्धालय क्षेत्रजस्ता संकेत जनाउने ट्राफिक संकेतहरु हस्तान्तरण गरेका छन् । ट्राफिक संकेतहरु पुरै तयारी भइनसकेको र बनेकाहरु गाड्ने काम हुदै जाने र खर्चको विवरण अहिले ननिस्कने नगरप्रमुख रिजालले बताए । पटक–पटक ताकेता गर्दा समेत पार्किङमा ध्यान नदिएका यातायात व्यवसायी, चालक र अन्यले सहजै देखिनेगरी बेसक्यामबाट संकेतहरु राख्न थालिएको छ । जिल्लामा दुईवटा बसपार्क र एकवटा जीप पार्क रहंदा समेत यातायात ब्यवसायीले सवारी साधन पार्किङ गरीरहेको छैन ।  

आजबाट नै राती ८ बजेदेखी भोलीपल्ट बिहान ८ बजेसम्म दिक्तेलबजारभित्र निर्माण सामग्री बोकेका सानाठूला सवारी साधन भित्र्याउन पाईने भएको छ । सो समय बाहेक अन्य समयमा त्यस्ता सवारी साधन भित्र्याएमा सामान नै जफतगरी आवाश्यक कारबाही गरिने नगरपालिकाले जनाएको छ । यस्तै, केही समयअघि विधार्थीलाई ध्यानमा राखेर बनाईएको सवारी टाईमिङ पनि कडासाथ लागू गरिने भएको छ । नगरले विधार्थीको भीडभाड हुने र दुर्घट्ना हुन सक्ने भन्दै प्रत्येक दिन बिहान ९ बजेदेखी साढे दश बजेसम्म र अपरान्ह तीन बजेदेखी साढे चार बजेसम्म दिक्तेल बजारमा मोटरबाईक बाहेक अन्य सवारी साधन चल्नमा रोक लगाउदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य