Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 21, 2018 तनहुँ - TNH, समाज

चार जुवाडे पक्राउ

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, दमौली | प्रहरीले जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मालेबगरबाट चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का विनोद ठकुरी, सोही ठाउँका दीपककुमार श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका–९ का होमबहादुर थापा र सुकबहादुर थापा छन् । मालेबगरका खेमराज सुवेदीको घरमा नेत्रबहादुर कार्कीले कोठा भाडामा लिई जुवा खेलाउने गरेको सूचनाका आधारमा छापा मार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिनुभयो । उनीहरुको साथबाट रु ८१ हजार बरामद गरिएको छ । पक्राउ परेका सबै जना विरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा चलाइने शाहले बताउनुभयो ।

सुत्केरीलाई पोषणभत्ता

तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्वास्थ्य संस्थामा गई प्रसूति गराउनेलाई थप पोषणभत्ताको व्यवस्था गरेको छ । मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाले सुत्केरीलाई थप रु एक हजार पोषणभत्ताको व्यवस्था गरेको हो ।

गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले स्वास्थ्य संस्थामा गई प्रसूति गराउने ३७ महिलालाई पोषणभत्ता उपलब्ध गराइएको बताउनुभयो । सरकारले स्वास्थ्य संस्थामा गई प्रसूति गराउने महिलालाई यातायात खर्च उपलब्ध गराउँदै आएको छ ।