४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङबाट लेखीको उद्घोष–मानवअधिकारवादी डलरवादी, ४२ थारु सभासद गद्दार

१ मंसिर २०७२, मंगलवार ०८:१०

सन्तोषकुमार गुप्ता, मंसिर १, देउखुरी । थरुहट थारुवान संयक्त संघर्ष समितिका वार्ता समितिका संयोजक राजकुमार लेखीले संसदमा रहेका ४२ थारु सभासद बेइमान गद्दार र लोभी भएको आरोप लगाउनुभएको छ ।

देउखुरीको लमहीमा पत्रकार सम्मेलन गरेर लेखीले थारुको अधिकारका लागि रेष्टम घेराउ र नाराबाजी गर्न नसक्नेहरु थारु सभासद बेइमान भएको आरोप लगाउनुभएको हो । उहाँले अर्को प्रसंगमा मानवअधिकारबादी स्वतन्त्र नभएर डलरवादी भएको बताउनुभएको छ । ‘थारुमाथि यत्रो अन्याय हुँदा बोलेनन् ।, उहाँले भन्नुभयो, ‘मानवअधिकारवादीले ५ औं पार्टीको भुमिका निभाइरहेका छन ।’

नवलपरासीको २ दिने राष्ट्रिय भेलापछि पूर्वका जिल्ला हुँदै दाङ आउनुभएका लेखीले आन्दोलनलाई परिमार्जन गरेर थप सशक्त बनाउने बताउनुभयो । उहाँले ७ प्रदेश संघीयतासहितको प्रदेश नभएर देउवा, रावल, वली, सिटौला प्रदेश भएको आरोप लगाउनुभयो । सरकारले थारुको माग सम्वोधन नगरे राष्ट्र टुक्राउने सिके राउत जस्तालाई टेवा पुग्ने उहाँको दाबी छ ।

एक अर्को प्रसंगमा बोल्दै उहाँले थारुको संवोधन गर्न बनाइएको आयोग कठपुतली आयोग भएको बताउनुभएको छ । ‘५ जनालाई जागिर दिन आयोग बन्यो’, उहाँले भन्नुभयो, ‘आयोग थारुलाई अधिकार दिन बनेको हैन यो कठपुतली आयोग हो ।’

त्यस्तै तराई र पहाडमा बराबर निर्वाचन क्षेत्र हुनुपर्ने लेखीले बताउनुभएको छ । उहाँले अहिलेको सरकार ब्राह्मण एकता परिषदको सरकार भएको आरोप लगाउनुभएको छ ।

‘ब्राह्मण एकता परिषदको सदस्य भएर गच्छेदारले काम गरे’, उहाँले भन्नुभयो, ‘थारुको खोल ओडेका गच्छेदार थारु बिरोधी हुन् ।’ आफ्नो भनाइमा सबैलाई आलोचना मात्रै गर्न भ्याएका लेखीले सञ्चार माध्यमलाई समेत पाँचौं पार्टीको संज्ञा दिनुभएको छ । सरकारवादी सञ्चारमाध्यमले आन्दोलन दबाउन खाजेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ