2026-09-15 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पानीपुरी र चटपट निषेध

मङ्सिर ५, गलकोट | बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठह¥याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो । 

पानीपुरी तथा चटपटमा मिसाउने अखाद्य पदार्थले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने, बजार जथाभावी फोहर भएको र अव्यवस्थित ठेला राखी चटपट व्यापार गर्दा नगरको सांैन्दर्य बिग्रिएको भन्दै नगर कार्यपालिकाको निर्णयअनुसार पानीपुरी तथा चना चटपट प्रतिबन्ध गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । 

‘हेर्दा सामान्य निर्णय जस्तो लागेपनि पानीपुरी तथा चटपटले स्वास्थ्यमा निकै नकरात्मक प्रभाव छ,’’ प्रमुख पौडेलले भन्नुभयो, “व्यापार गर्ने धेरै विकल्प छन्, नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ।” हाल बागलुङ बजारमा पानीपुरी तथा चटपटका ठेला देख्नै पाइँदैन, चटपट खान मनै लागे छिमेकी जिल्ला पुग्नुपर्दछ । 

बागलुङ नगरपालिकाले हालै पानीपुरी चटपटमा प्रतिबन्ध गरेपछि नगरका चोक चोकमा खडा भएका पानीपुरी तथा चटपटका पसल पूर्णरुपमा हटेको पाइएको छ । चटपटका पसल हटेसँगै बजारको सौंन्दर्यमा समेत सुधार आएको स्थानीयवासीको भनाइ छ । युवा युवती माझ पछिल्लो समय निकै लोकप्रिय बनेको पानीपुरी तथा चटपट स्वास्थ्यका लागि भने निकै हानिकारक भएको डाक्टरले बताउँछन् । 

नगरको निर्णयले चना चटपट व्यापार गरी जीविकोपार्जन गर्ने व्यवसायीलाई भने समस्यामा पारेको छ । केही पानीपुरी तथा चटपटको व्यवसायी अहिले तरकाली तथा फलफूलको व्यापार शुरु गरेका छन्, भने केही चटपटकै व्यापार गर्न छिमेकी जिल्लामा गएको बताइएको छ । स्वास्थ्यका लागि निकै बेफाइदा रहेको पानीपुरी तथा चना चटपट व्यापारलाई प्रतिबन्ध लगाएसँगै आम नगरवासीले भने यस्तो निर्णयको स्वागत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ