२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुद्ध जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा

२०७५, ५ मंसिर बुधबार ११:५१

मङ्सिर ५, रुपन्देही | गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो । 

‘‘लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन, पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “बुद्धभूमि शान्त र सुन्दर छ, भनेर विश्वमाझ सन्देश दिन यो क्षेत्रमा पञ्चशीलको पालना जरुरी छ” 

मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यवहारिक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै उहाँले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गर्नुभयो । 

गुरुयोजना पूरा गर्न ६ अर्बभन्दा बढी रकम लाग्छ, यसका लागि दाता खोजेर भए पनि पूरा गर्छौ, उहाँले भन्नुभयो,“यो पूरा भए मेरो जीवनको अर्थ रहन्छ ।” 

कार्यकक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताउनुभयो । 

उहाँले पञ्चशीलको पालनाले हिंसाको अन्त्य भई समाज सुधार हुने बताउनुभयो । ‘‘बुद्धको जन्मभूमि अत्यन्तै पवित्र भूमि हो, यहाँ हिंसा हुनु अशोभनीय हुन्छ’’, उहाँले भन्नुभयो, “हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापानमा रोक लगाउँदा लुम्बिनीको गरिमा बढ्छ ।” 

कार्यक्रममा प्रदेश नं ५ का सांसद फकरुद्धिन खानले प्रारम्भिक तयारी र छलफल बिना पञ्चशील घोषणा कार्यक्रम गरिएको भन्दै हतारमा गरिएको घोषण प्रभावकारी हुनेमा शङ्का व्यक्त गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, भिक्षुमैत्री महास्थवीर, लुम्बिनी विकास कोषका सहायक सूचना अधिकृत राजन बस्नेतले स्थानीय अजीज खाँनलगायतले लुम्बिनी क्षेत्रमा पञ्चशीलको पालना जरुरी रहेको बताउनुभयो । बुद्ध धर्मअनुसार हत्या, हिंसा, चोेरी, व्यभिचार र मदिरापान नगरेमा पञ्चशील पालना गरेको मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते