२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

बुद्ध जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा

५ मंसिर २०७५, बुधबार ११:५१

मङ्सिर ५, रुपन्देही | गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गरिएको छ । लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकाले आज लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई पञ्चशील क्षेत्र घोषणा गर्नुभएको हो । 

‘‘लुम्बिनी शान्ति र अहिंसाको भूमि हो । यो क्षेत्रभित्र हत्या, हिंसा, चोरी व्यभिचार र मदिरापान गर्न पाइने छैन, पञ्चशील क्षेत्र घोषणा गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “बुद्धभूमि शान्त र सुन्दर छ, भनेर विश्वमाझ सन्देश दिन यो क्षेत्रमा पञ्चशीलको पालना जरुरी छ” 

मन्त्री अधिकारीले कार्यक्रम घोषणा गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै व्यवहारिक कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । लुम्बिनी क्षेत्रको विकास सरकारको प्राथमिकतामा परेको बताउँदै उहाँले अबको तीन वर्षमा लुम्बिनी विकास क्षेत्रको गुरुयोजना पूरा हुने दाबी गर्नुभयो । 

गुरुयोजना पूरा गर्न ६ अर्बभन्दा बढी रकम लाग्छ, यसका लागि दाता खोजेर भए पनि पूरा गर्छौ, उहाँले भन्नुभयो,“यो पूरा भए मेरो जीवनको अर्थ रहन्छ ।” 

कार्यकक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुतले बुद्ध धर्मको पहिलो आधार नै पञ्चशील भएकाले बुद्ध जन्मभूमिलाई पञ्चशील क्षेत्र घोषणा गरिएको बताउनुभयो । 

उहाँले पञ्चशीलको पालनाले हिंसाको अन्त्य भई समाज सुधार हुने बताउनुभयो । ‘‘बुद्धको जन्मभूमि अत्यन्तै पवित्र भूमि हो, यहाँ हिंसा हुनु अशोभनीय हुन्छ’’, उहाँले भन्नुभयो, “हत्या, हिंसा, चोरी, व्यभिचार र मदिरापानमा रोक लगाउँदा लुम्बिनीको गरिमा बढ्छ ।” 

कार्यक्रममा प्रदेश नं ५ का सांसद फकरुद्धिन खानले प्रारम्भिक तयारी र छलफल बिना पञ्चशील घोषणा कार्यक्रम गरिएको भन्दै हतारमा गरिएको घोषण प्रभावकारी हुनेमा शङ्का व्यक्त गर्नुभयो । 

कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, भिक्षुमैत्री महास्थवीर, लुम्बिनी विकास कोषका सहायक सूचना अधिकृत राजन बस्नेतले स्थानीय अजीज खाँनलगायतले लुम्बिनी क्षेत्रमा पञ्चशीलको पालना जरुरी रहेको बताउनुभयो । बुद्ध धर्मअनुसार हत्या, हिंसा, चोेरी, व्यभिचार र मदिरापान नगरेमा पञ्चशील पालना गरेको मानिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य