Skip to content
Friday, July 17, 2026 Nepali Online Media
November 22, 2018 तनहुँ - TNH, समाज

तनहुँमा चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>मङ्सिर ६, तनहुँ | चिसोले कठ्याङ्ग्रिएर आज बिहान दमौलीमा एक भारतीय महिलाको मृत्यु भएको छ । भारतको अकेला मुगुरकम्ब निवासी ६० वर्षीया कुड्की चौहानको मृत्यु भएको हो ।&nbsp;<br></p><p>कात्तिक ३० गतेबाट दमौलीमा शुरु भएको तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवमा सडकमा फुटपाथे व्यवसाय गर्न आएकी कुड्की रातको समयमा खुला आकाशमुनि बस्दै आएकी थिइन् ।&nbsp;</p><p>बुधबार साँझसम्म खुला चौरमा खाना पकाएर खाने र सोही स्थानमा सुतेकी ती महिलाको चिसोका कारण मृत्यु भएको हुनसक्ने मृतककी कान्छा छोरा मुगुराउत चौहानले जानकारी दिनुभयो । लामो समयदेखि निमोनिया र सुगरले ग्रसित ती महिलाको चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।&nbsp;</p>