२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

इञ्जिनीयरको हत्या आरोपित पक्राउ

६ मंसिर २०७५, बिहीबार ११:४६

मङ्सिर ६, सप्तरी । यहाँ एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण ४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् । 

राजविराज निवासी इ हरिनारायण देवको हत्या अभियोगमा फरार मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । साविक बोरिया गाविस ३ स्थित घरमा खाना खाएर सुत्नका लागि राजविराज –६ स्थित घरतर्फ आउने क्रममा घर नजीकै देवको २०६७ पुस १३ गते साँझ गोली हानेर हत्या गरिएको थियो । देव राष्ट्रियसभाका सदस्य जीतेन्द्रनारायण देवका दाजु हुनुहुन्थ्यो । 

झण्डै आठ वर्षमा मण्डल पक्राउ परेपछि मुल्तबीमा रहेको उनिविरुद्धको मुद्दा पुनः चालु हुने भन्दै जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले थुनछेकको आदेशको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । जिल्ला अदालतले २०७१ फागुन ११ गते मण्डलसहित साविक पकरी गाविस ३ का हरेराम यादव, लालापट्टी गाविस २ का अजित सिंह भनिने अजय यादव र प्रसवनी गाविस ८ का अविनाश भनिने उपेन्द्र यादवको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको थियो । 

यसैगरी पक्राउ परेका बोरिया ३ का गङ्गाराम यादवलाई सर्वस्वसहित जन्मकैद तथा मोहनपुर ३ का दिलजले भनिने उमेश राम र देवराम भनिने अनिलकुमार यादवलाई जनही पाँच वर्ष कैद सजायको फैसला भएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध २०७२ असार १६ गते अनिलले र साउन ६ गते गङ्गारामले पुनरावेदन गरेकामा उच्च अदालत जनकपुर राजविराज इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गर्दै २०७३ कात्तिक १० गते फैसला गरेको थियो । 

ट्रयाक्टरबाट लडेर मृत्यु 

कञ्चनरुप नगरपालिका ६ की एक बालिकाको आज ट्«याक्टरबाट लडेर मृत्यु भएको छ । सञ्जीव चौधरीकी छोरी दुई वर्षीया कृतिकाको निधन भएको उनका हजुरबुवा कुशेश्वरले जानकारी दिनुभयो । 

घर नजीकै रहेको मामाघरमा बिग्रेर राखिएको ट्र्याक्टरमा खेलिरहेकी बालिका लडेर घाइते भएपछि उपचारका लागि स्थानीय धर्मेश्वर अस्पताल ठेलिया लगिएकामा थप उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटामा मृत्यु भएको काका हजुरबुवा देवनारायणले बताउनु भयो । 

राजविराजस्थित गजेनद्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षण गरी घर परिवारलाई बुझाइएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य