Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | मङ्सिर ६, सिरहा | सिरहाको मिर्चैयामा विशाल महाविर झण्डा मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिर्चैया नगरपालिका बडा नं. ५ स्थित यहि मंसिर ११ गतेदेखि सुरु हुने श्री श्री १०८ श्री महाविर झण्डा मेला महोत्सवमा झण्डा र मुर्ति निर्माण लगायतका तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले आयोजना गरिएको मेलामा महाविरको झण्डा ६० फिट अग्लो निर्माण भईरहेको मेला समितिका अध्यक्ष राजेन्द्र साहले बताए । मेलाको पहिलो दिन मंसिर ११ गते हुने भव्य कलश यात्रामा सहभागि हुनका लागि मेला समितिले सम्पुर्ण नगरवासीलाई आग्रह समेत गरेका छन् ।

मेला महोत्सवमा मनोरजंनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस, मौतको कुवाँ लगायतका संचालन हुने समितिका कोषाध्यक्ष रुकेश साहले बताए ।

मेला मंसिर ११ गतेदेखि १७ गतेसम्म चल्ने मेलाको मिडिया पार्टनर रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया रहेको छ ।