४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

साप्ताहिक आईतबार भालुवाङ्ग बजार बन्द हुने

५ मंसिर २०७२, शनिबार १६:५५

rapti uddhyog

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग ५ मंसिर । साप्ताहिक रुपमा आईतबार भालुवाङ्ग बजार बन्द गरिने भएको छ । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको बिहिबार भएको नियमित मासिक बैठकले मंसिर ६ गते आईतबार देखि साप्ताहिक आईतबार बजार बन्द गर्ने निर्णय गरेको हो ।

यस अघि साप्ताहिक रुपमा आईतबार बजार बन्द हुदै आएकोमा गत असोज २२ गते भएको संघको बैठकले असोज २४ गते आईबार देखि नजिकदै गरेको दशैँ, तिहार र छठ पर्वलाई मध्यनजर गदै मंसिर १ गते आईतबार सम्म बजार खोल्ने निर्णय गरेको थियो । संघका अध्यक्ष ताराबहादुर डिसीको अध्यक्षतामा भएको बैठकले संघको कार्यक्षेत्र लालमटिया र गोबरडिहा गाविसका सम्पूर्ण व्यपार, व्यवसाय, उद्योगधन्दा बन्द गर्ने निर्णय गरेको हो । व्यपारीको माग तथा व्यपार व्यवसाय तथा उद्योगधन्दामा काम गर्ने मजदुरको समस्यालाई मध्यनजर गदै साप्ताहिक आईतबार बजार बन्द गर्ने निर्णय गरिएको संघका अध्यक्ष डिसीले जानकारी दिए । जिल्लाका अन्य बजार साप्ताहिक शनिबार बन्द गरिएको भए पनि भालुवाङ्गमा भने साप्ताहिक आईतबार बजार बन्द गरिदै आएको छ ।

बैठकमा संघका निर्वतमान अध्यक्ष जगतप्रसाद पोख्रेल, बरिष्ठ उपाध्यक्ष ऋषिरम आचार्य, उपाध्यक्ष रामबहादुर सुनार, सचिव प्रेमबहादुर केसी, कोषाध्यक्ष युवराज भुसाल, सदीयहरु हिमानन्द पाण्डे, हरिप्रसाद श्रेष्ठ, माधव श्रेष्ठ, बृहस्पति श्रेष्ठ, श्रधिर खत्री र सल्लाहकार नुमानन्द सुवेदी लगायतले आ—आफ्नो धारणा राख्नु थिए । बैठकको सहर्जीकरण संघका संस्थापक कार्यालय सचिव सन्तोषकुमार योगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ