२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका स्थानीय तहमा कानुन निर्माण सुस्त

७ मंसिर २०७५, शुक्रबार ०५:४९

मङ्सिर ७, पर्वत | पर्वतका स्थानीय तहमा कानुन निर्माण सूस्त गतिमा भैरहेको पाइएको छ । स्थानीय तह कार्यान्वयन भएको करिब दुई वर्ष पुग्न लागेको छ। संविधानको अनुसूची ८ मा स्थानीय तहले आफूखुसी निर्णय गरेर कानुन बनाउने २२ वटा अधिकारको व्यवस्था गरेको छ। 

तर, ७ वटै स्थानीय तहले भने अझै आफ्ना अधिकारका कानुन समेत निर्माण गर्न सकेका छैनन् । स्थानीय तहले करिब १ सय २५ वटा कानुन निर्माण गर्नुपर्ने व्यवस्था छ। हरेक कानुन निर्माणपछि राजपत्रमा प्रकाशित गरिसकेपछि मात्रै कार्यान्वयन भएको मानिन्छ। तर, स्थानीय तहमा सम्बन्धित विषयविज्ञ र कानुनी ज्ञाताको अभावमा कानुन निर्माणको कामले गति लिन सकेको छैन। जिल्लाका सबै स्थानीय तहको तुलनामा कानुन निर्माण र विकास–निर्माणमा अग्रपंक्तिमा रहेको फलेवास नगरपालिकाले दुई दर्जन कानुन निर्माण गरेको छ। तर, निर्माण गरेका कानुन कार्यान्वयनको अभाव छ।

नगरपालिकाले ती कुनै पनि कानुन राजपत्रमा प्रकाशन गरेको छैन। त्यस्तै कुश्मा नगरपालिकाले पनि कतिपय कानुन निर्माण गरिसकेको दाबी गरेको छ। राजपत्रमा प्रकाशित गरेको छैन। महाशिला गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले सबै कानुन नबनेको बताउनुभयो । गाउँपालिकाले २७ वटा ऐनकानुन निर्माण गरिसकेको छ। 

जलजला गाउँपालिकाले पनि आवश्यक अधिकांश ऐन–कानुन निर्माण गरेको जनाएको छ। गाउँपालिका प्रवक्ता देवेन्द्रबहादुर भण्डारीका अनुसार बनेका कानुन कार्य्विधिको अभावमा राजपत्रमा प्रकाशित र छापाखानामा लैजान समस्या भएको छ। अहिलेसम्म ९ वटा कानुन बनेको भण्डारीले बताउनुभयो । मोदीका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार आवश्यक २१ वटा ऐनकानुन तयार भए पनि राजपत्रमा प्रकाशित गर्न बाँकी नै छ।

अब पुसमा गाउँसभा बस्ने र बाँकी रहेका सबै कानुन त्यहीं कार्यपालिकाले पास गर्ने गुरुङले बताउनुभयो । बिहादी र पैयुँ गाउँपालिकाले पनि बनेका कानुन राजपत्रमा प्रकाशित गर्न र सर्वसुलभ वितरण गर्न नसकिएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो