करम्दी सामुदायिक वनको आज निर्वाचन हुँदै पुन र थापाको प्यानल चुनावी मैदानमा

Posted on: 22 Nov, 2015

सन्तोषकुमार गुप्ता, मंसीर ६, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको नयाँ नेतृत्वका लागि आज बिहान देखि निर्वाचन हुँदै छ ।

गत असोज १६ गते भएको समूहको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि मंसिर ६ गते आईतबार आज निर्वाचन हुन लागेको हो । कुल ४ सय ३७ उपभोक्ता मतदाता रहेकोमा बिहान ८ देखि दिउँसो १ बजे सम्म भएको मतदानमा जम्मा ३ सय ९३ मत खसेको भए पनि १ वटा मत भने मतदान हुन नपाउँदै बदर भएको निर्वाचन समितीका संयोजक तथा नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिए ।

समूहको अगामी नयाँ नेतृत्वका लागि मनबहादुर पुन अध्यक्ष रहेको १३ सदस्यीय संयुक्त उपभोक्ताको प्यानल र जगतबहादुर थापा अध्यक्ष रहेको ११ सदस्यीय स्वतन्त्रण प्यानल गरी दुई वटा प्यानल चुनावी मैदानमा रहेका छन् । १ बजे सम्म निर्वाचन स्थलमा आई पुग्ने मतदाताहरुलाई मात्र मतदान गर्ने व्यवस्था अन्र्तगत यो समाचार तयार पार्द सम्म मतदान कार्य सकिएको र दिउँसो २ बजे देखि मतगणा शुरु गर्ने गरी आन्तरिक प्रक्रिया शुरु गरिएको निर्वाचन समितीका संयोजक भुसालले बताए ।

अध्यक्ष मनबहादुर पुन राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेद्धार रहेका छन् । उनलाई राष्ट्रिय जनमोर्चा, नेकपा—माओवादीको पूर्ण समर्थन रहेको छ, भने नेपाली काँग्रेस, एमालेको पनि आंशिक समर्थन रहेको अध्यक्ष पदका उम्मेद्धार पुनले जानकारी दिए । पुनको प्यानलमा राष्ट्रिय जनमोर्चा, नेकपा—माओवादीे, नेपाली काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादी समर्थित उम्मेद्धारको सहभागी रहेको प्यानल रहेको छ । यता अध्यक्ष जगतबहादुर थापाको प्यानल स्वतन्त्र उपभोक्ताहरुको प्यानल रहेको दावी गरिएको छ ।

थापा एकिकृत नेकपा माओवादी समर्थित उम्मेद्धार हुन, उनको प्यानलमा पनि एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, एमाले समर्थित उम्मेद्धार चुनावी प्यानल रहेको छ । थापाको प्यानललाई एकिकृत नेकपा माओवादी र नेपाली काँग्रेसले पूर्ण समर्थन गरेको छ भने एमाले पनि आंशिक समर्थन रहेको उम्मेद्धार थापाले दाबी गरेका छन् ।

यता सयुक्त उपभोक्ता प्यानलका अध्यक्ष मनबहादुर पुनले निर्वाचन अघि को बिजय हुने भन्ने बिषयमा अहिले केही नबोल्ने, मैले उपभोक्ताहरुको लागि कतिको काम गरेको छु, त्यो त मत परिणामले नै बताउँछ उनले भने । उपभोक्ताहरुको निर्णय नै मेरो सर्व मान्य हुने छ, पुनले भने । सामुदायिक वनको कृयाकलापको बिषयमा समूहको बिधान बमोजिम उपभोक्ताहरु सल्लाह सुझावबाटै बन तथा उपभोक्तामैत्री काम गर्नै पुनले बताए ।

अहिले नै मैले यो गर्छु त्यो गर्छु भन्दैन मलाई एक पटक अवसर पाए उपभाक्ताहरुको चाहना बमोजिम काम गरेर देखाउँछु उनले भने । त्यस्तै चुनावी मैदानमा रहेका आफूलाई स्वतन्त्र प्यानलको अध्यक्ष भनिने जगतबहादुर थापाले आफ्नो पक्षमा अत्याधिक मत रहेकोले बिजय सनिश्चत भएको दावी गरेका छन् । उनले आफू अध्यक्ष भए सामुदायिक वनको अनुहार नै फेर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने, बनको हाता भित्र, सुन्दर फुलबारी, पिकिनिक स्पोट निर्माण, सार्वजनिक कार्याक्रम स्थलको निर्माण र विपन्न तथा गरिब उपभोक्ताहरुको आय—आर्जनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!