दाङ्गका ट्राफिक प्रमुख थापालाई विदार्ई, उत्कृष्ट कार्य गरेकोमा सम्मान

Posted on: 25 Nov, 2015

सन्तोषकुमार गुप्ता, मंसिर ९, दाङ । जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख वीरबहादुर थापाले आफ्नो १६ महिने कार्यकालमा जिल्लाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुले थापालाई अभिनन्दनसहीत विदाई गरेका छन् ।

samman1

जिल्ला प्रहरी कार्यालय बाँकेमा सरुवा भई जान लाग्नुभएका थापालाई उनीहरुले ८ मंसिर मंगलबार घोराहीमा भव्य कार्यक्रमका बीच अभिनन्दसहीत विदाई गरेका हुन् । सामुदायिक प्रहरी सेवा केन्द्र घोराही, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका राप्ती, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति दाङ, त्रिभुवन नगर जेसीज घोराही, स्वर्गद्वारी टिप्पर व्यवसायी समिति दाङ, नगरस्तरीय युवा सञ्जाल घोराहीलगायतकाले सरुवा भई जान लाग्नुभएका थापालाई संयुक्तरुपमा फूल माला टीका अविर लगाई खादा ओढाएर प्रसंसा पत्र र कदरपत्र र मायाको चिनो प्रदान गरी अभिनन्दन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायत, सेवा केन्द्रका अध्यक्ष विष्णु पुन र सम्पूर्ण यातायात व्यवसायीहरुकोतर्फबाट नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अञ्चल संयोजक भरतनाथ योगी, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कार्यालय प्रमुख डा. लोकराज पराजुली, त्रिभुवन नगर जेसीजका अध्यक्ष विमल श्रेष्ठ र महासचिव सनत गिरी, नगर सञ्जालका अध्यक्ष नेत्र सागर चौधरीले उहाँलाई अभिनन्दन गर्दै प्रसंसा पत्र प्रदान गर्नुभएको थियो । जिल्लाका सामाजिक संघसंस्थासँंग समन्वय गर्दै दुर्घटना न्यूनीकरण गर्न सफल हुनुभएको ट्राफिक प्रमुख थापाको त्यही खटाई र समन्वयले सरुवा भएर जाँदा भव्य अभिनन्द गर्दै विदाई गरिएकोे थियो ।

samman2

सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतले अत्यधिक सवारी दुर्घटना हुने दाङमा ट्राफिक सचेतना, त्यसको व्यवस्थापन, चालकको कागजपत्र जाँच, मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गरी ट्राफिक नियम पालना गराउन थापाले अहोरात्र खटेर भुमिका खेलेकोमा प्रसंसा गर्नुभएको थियो । उहाँले दुर्घटना न्यूनीकरण गर्न प्रहरी कार्यालयलगायत विभिन्न सामाजिक संघसंस्थासँंग सहकार्य गरी ट्राफिक सप्ताह सफल पार्न र ट्राफिक नियम पालना गराउन थापाले आफ्नो कार्यकालमा रातदिन खटेर कुशलतापूर्वक जिम्मेवारी पुरा गरेको उल्लेख गर्नुभएको थियो ।

सरुवा भई जान लाग्नु भएका थापाले जिल्लामा रही काम गर्दा ट्राफिक प्रहरीसहीत सम्पूर्ण प्रहरीको छवि राम्रो राख्न सफल भएकोे प्रहरी प्रमुख कडायतले बताउनुभयो । उक्त अवसरमा बोल्दै सरुवा भएर जान लाग्नुभएका ट्राफिक प्रमुख थापाले आफ्नो अनुभव सुनाउँदै जिल्लामा दुर्घटना न्यूनीकरण गर्न जनस्तरबाट र सबै सामाजिक संघसंस्थाबाट राम्रो सहयोग पाएको र सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले सबैको सहयोगबाट नै सवारी दुर्घटना न्यूनीकरण गर्न धेरै हदसम्म सफल भएको बताउनुभयो । मादक पद्धार्थ सेवन गरेर सवारीसाधन चलाउने र तीव्र गतिलाई न्यूनीकरण गर्नसकेमा धेरै दुर्घटना न्यूनीकरण गर्न सकिने उहाँले धारणा राख्नुभयो ।

त्यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अञ्चल संयोजक भरतनाथ योगी र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमको विशिष्ट आतिथ्यतामा भएको विदाई कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, प्याव्सन दाङका अध्यक्ष यादव गिरी, दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव सुशीलप्रकाश आचार्य, वास दाङका अध्यक्ष प्रशान्त वली, सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका कानुनी सल्लाहकार घनश्याम थापा, डा. लोकराज पराजुली लगायतकाले बोल्नुभएको थियो ।

प्रहरी सेवा केन्द्रका इञ्चार्ज लक्ष्मण शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन सल्लाहकार भुपेन्द्र स्ुवेदीले गर्नु भएको थियो, भने सहजीकरण सचिव आर.के सितलले गर्नुभएको थियो । थापा बाँकेमा सरुवा भएर मंगलबार नै जानु भएको छ, भने दाङ ट्राफिक प्रमुखमा बर्दियाबाट अरुणकुमार सिंह आउनु हुने भएको छ । उत्कृष्ट कार्य गरेकोमा सम्मान

दाङमा रहदा ट्राफिक प्रमुखको जिम्मेवारी उत्कृष्ट कार्य गर्दै पुरा गर्नु भएका ट्राफिक प्रमुख बीरबहादुर थापाको सरुवा भएको छ । व्यूरोक्रेशीमा थोरै मात्र व्यक्ति हुन्छन्, जसलाई उसले गरेको कामको आधारमा सबैले सम्झन्छन् । यस्तै थोरै व्यक्तिमा ट्राफिक निरीक्षक बीरबहादुर थापा पनि पर्नु हुन्छ । उहाँले दाङमा बस्दा यहाँको ट्राफिक सचेतनाको पाटोलाई उत्कृष्ट कार्यले अगाडि बढाउनुभएको थियो । जसले गर्दा दाङमा दुर्घटनामा धेरै हदसम्म कमि आएको छ ।

उत्कृष्ट कार्य गरेकै कारण प्रहरी निरीक्षक थापा सरुवा भएर जाँदा उहाँलाई धेरै सामाजिक संघसंस्थाहरुले भव्यरुपमा बिदाइ गरेका छन् । थापाको मिलनसार व्यक्तित्व र काम गर्ने उत्कृष्ट शैलिका कारण उहाँलाई सबैले राम्रो मान्दथे । ट्राफिक प्रमुखको जिम्मेवारीमा रहँदा प्रभावकारी कार्यकौशलता प्रस्तुत गर्नुभएका थापाले जिल्लामा ट्राफिक सचेतनाको सवालमा देखाएको तदारुकता अबका दिनमा पनि जारी रहेमा जिल्लामा दुर्घटनालगायतका कुराहरुमा कमि आउनेछ ।

ट्राफिक सचेतनाको पाटोलाई प्रभावकारी बनाउनका लागि सर्वसाधारणलाई यसको प्रयोग बुझाउन जरुरी छ । पछिल्लो समयमा ट्राफिक प्रहरी होस वा अन्य सुरक्षा निकायहरुले नै किन नहोस्, जनतासँगको सहकार्यमा आफूलाई अगाडि बढाउने प्रयास गरेका छन् । दाङमा रहँदा ट्राफिक प्रमुख बीरबहादुर थापाले सर्वसाधारण, विद्यार्थी, शिक्षक, सञ्चारकर्मी, यायातायात व्यवसायीलगायतका सबै सरोकारवालाहरुसँग नजिकको सम्वन्ध राख्नुभएको थियो । जसका कारण उहाँले अगाडि सारेको ट्राफिक सचेतनाको पाटो प्रभावकारी बन्न पुगेको हो । कुनै पनि क्षेत्र एक्लै बलियो र समृद्ध हुन सक्दैन । यसका लागि सर्वसाधारण देखि सरोकारवाला सबै निकायसँगको सामप्यिता गहिरो हुनुपर्छ ।

एकले अर्कोलाई साथ सहयोग गर्ने परिपाटीको विकासले मात्र सबै क्षेत्र समृद्ध हुन सक्छ । ट्राफिक सचेतनाको पाटो प्रभावकारी बनाउनु भनेको दुर्घटनामा कमि आउनु हो । दुर्घटना कम हुनु भनेको जिउज्यानको क्षेतीमा कमि आउनु हो । तसर्थ अबका दिनमा पनि जिल्लाको ट्राफिक सचेतनाको पाटोलाई समृद्ध बनाउनका लागि सरुवा भएर जानु भएका ट्राफिक प्रमुख बीरबहादुर थापा जस्तै मिजासिलो भएर काम गर्ने सवालमा जिल्लामा आउनु हुने नयाँ ट्राफिक प्रमुखले पनि काम गर्नु भयो भने राम्रो हुनेछ । बिदाई भएर जान लाग्नु भएका ट्राफिक प्रमुख थापालाई उहाँले गरेको कामको उच्च प्रशंशा गर्दै हार्दिक बधाई ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!