मङ्सिर ८, दाङ | दाङमा थ्रेसर मेसिनमा च्यापिएर एक बालिकाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मजगाउँ निवासी ७ वर्षीया विपना चौधरीको धान दाउन प्रयोग गरिएको थ्रेसर मेसिनमा परेर मृत्यु भएको हो।

लु २ त ५७२८ नम्बरको ट्याक्टरमा धान दाउन प्रयोग हुने थ्रेसरको पंखामा बालिकाले लगाएको कपडा लटपिटएर गम्भीर घाइते भएकी थिइन्।

राति नै उनलाई तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुरतर्फ ‘रेफर’गरिएको थियो। तर त्यहाँबाट पनि थप उपचारको लागि भारतको लखनउ हस्पिटलमा ‘रेफर’ गरिएपछि त्यहाँ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङमा थ्रेसर मेसिनमा च्यापिएर बालिकाको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment