२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

बाल विवाह गर्ने युवक नुवाकोटबाट पक्राउ

२०७५, ८ मंसिर शनिबार ०६:५९

मंसिर ८, नुवाकोट । बालिका विवाह गरेको अभियोगमा नुवाकोट प्रहरीले प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ का पवन घर्तीलाई शुक्रबार पक्राउ गरेको छ ।

गाउँकै १३ वर्षीया बालिकालाई विवाह गरी नुवाकोटको बेलकोटगढी नगरपालिका–७ रातमाटेमा ल्याएर राखेको अवस्थामा २२ वर्षीय घर्तीलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

गत कात्तिक २७ गते बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा केटा पक्षले भगाएर नुवाकोट ल्याएर विवाह गरेको भन्दै दिएको किटानी जाहेरीका आधारमा घर्तीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि प्यूठान प्रहरीमा पठाइने नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने