करम्दी सामुदायिक वनको पहिलो बैठक सम्पन्न

Posted on: 25 Nov, 2015

सन्तोषकुमार गुप्ता, मंसिर ९, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्रा समुह बराखुट्टीको निर्वाचित कार्यसमितीको पहिलो बैठक बुधबार सम्पन्न भएको छ ।

समूहका नवनिर्वार्चित अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा भएको बैठकले विभिन्न समितीहर गठन तथा सल्लाहकारहरु चयन गरेको छ । जस अनुसार समुहको सल्लाहकार केशरबहादुर रोका, टकेश्वर बेल्बासे, हिरे, बुढा, भोजबहादुर पुन, दुखराम सार्की, कृष्णबहादुर गिरी र ओमप्रकाश विकलाई चयन गरेको छ । त्यस्तै बेठकले गिरबहादुर पौडेललेको संयोजकत्वमा ५ सदस्यीय लेखा समिती चयन गरेको छ ।

जसको सदस्यहरुमा चन्द्रबहादु गुरुङ्ग, ठाकुरप्रसाद भुसाल, मिना श्रेष्ठ र गिरीराज आचार्यलाई चयन गरेको छ । साथै बेठकले पूर्णबहादुर गाहाको संयोजकत्वमा ५ संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती चयन गरेको छ । जसको सदस्यहरुमा तानबहादुर थापा, थमा गैरे, सिता आचार्य र रामबहादुर भण्डारी रहेका छन् । बैठकले निमलाल जैसीको संयोजकत्वमा ३ सदस्यीय समान खरिद बिक्री समेत गठन गरेको छ । जसको सदस्यहरुमा बेगम आचार्य र झमा भण्डारी रहेका छन् ।

साथै बैठकले सौभाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने, निर्वाचन समिती, सुरक्षाकर्मी, पत्रकार, उपभोक्ता, उम्मेद्धार तथा सम्पूर्ण वनप्रमीलाई धन्यवाद ज्ञापन समेत गरेको छ । बैठकमा उपाध्यक्ष तुलसा विक, सचिव शुशिला सारु, कोषाध्यक्षमा शोभा पुनमगर, सदस्यहरु टिकीसरा रानामगर, निमलाल जैसी, सरस्वती विक, निमबहादुर पुन, च्याउकली कुमाल, कुलबहादुर कुमाल र दिनेश परियारले आ—आफ्नो धारणा राखेका थिए । बैठकको सहर्जीकरण समूहका कार्यालय सचिव तिलक अधिकारीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!