Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

आमालाई दुव्र्यसनीसम्बन्धी प्रशिक्षण, परम्परागत प्रथालाई चिर्दै महिला

२०७५, ९ मंसिर आईतवार ०८:५३

मङ्सिर ९, तुलसीपुर (रासस) | यहाँका करीब एक सय बढी आमालाई लागुऔषध सेवन गरेको थाहा पाउने विषयमा शनिबार प्रशिक्षण दिइएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र दाङ र नार्कोनानले दाङका १० वटै स्थानीय तहका महिलालाई सहभागी गराएको थियो । 

कार्यक्रममा सहभागी आमालाई नार्कोनानका दक्षिण एशिया संयोजक तथा नेपाल पूर्वप्रहरी सङ्गठनका अध्यक्ष वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले प्रशिक्षण दिनुभएको थियो । लागुऔषध केलाई भन्ने, लागुऔषध सेवन गरेका व्यक्ति थाहा पाउने उपाय, घर समाजमा लागुऔषध दुव्र्यसनी पस्नै नदिने उपाय तथा लागुऔषध दुव्र्यसनीमा फसिसकेकालाई उपचारात्मक अभ्यासका विषयमा प्रशिक्षण दिनुभएको थियो । 

उहाँले लागुऔषध दुव्र्यसनीमा माया, दया, प्रेम र अर्काको बारेमा सोच्ने अनुभूतिलाई नै समाप्त पार्ने बताउंदै दुव्र्यसनीमा निर्णय गर्ने शक्ति नै गुमाइसकेको हुने उल्लेख गर्नुभयो । पछिल्लो समयमा रक्सी सबैभन्दा डरलाग्दो दुव्र्यसन भएको उल्लेख गर्दै गाँजा, अफिम, निद्रा लाग्ने औषधि, एलर्जीका औषधि, दुखाइ कम गर्ने औषधि, खोकीका औषधि तथा डिप्रेशनका औषधि पनि लागुऔषध भएको उल्लेख गर्दै यसमा सचेत रहन आमाहरुलाई सुझाव दिनुभयो । 

परम्परागत प्रथालाई चिर्दै महिला 

यहाँका महिलाले रुढिबादी परम्परागत मलामी जान हुन्न भन्ने प्रथालाई चिर्दै गएका छन् । कुनै समय महिला मानिसको मृत्यु भयो भने दाहसंस्कारमा सामेल नहुने र पुरुष मात्र सहभागी हुने जिल्लामा चलन थियो । 

महिला धर्मकाठ लिएर मलामी नजाने र पुरुष मात्र मृत्युपछिको संस्कारमा सहभागी हुने चलन थियो । तर आजभोलि भने महिला मलामी जाने र र दाहसंस्कार कार्यमा लागि धर्मकाठ बोकेर जानेको सङ्ख्या धेरै देखिएको छ । कहीँकतै महिला मृत्युपछिको संस्कारमा सहभागी हुनुहुन्न भन्ने बन्देज नभए पनि पुरानो चलन भने मलामी जान हुन्न भन्ने रहेको स्थानीय समाजसेवी कृष्ण गिरीले बताउनुभयो । तर हाल विस्तारै महिलाको पनि पुरुष सरह नै समान सहभागिता हुने गरेको देखिएको छ । 

धेरैजसो पुरुष विदेशमा हुने र महिला पनि रुढिबादी परम्परालाई चिर्दै गएका कारण आजभोलि धेरैजसो महिला मलामी जाने गरेको स्थानीयवासी महिला रुपकली वलीले बताउनुभयो । 

विस्तारै महिलामा जागरुकता र चेतनाको विकासले गर्दा जन्म, मृत्यु लगायतका सामाजिक कार्यमा सहभागिता बढ्दै गएको महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो । ‘‘यो पहिले महिलालाई गरिएको विभेद् मात्र हो, महिला कमजोर हुन्छन्, भनेर विभेद्का कारण यस्तो रुढिबादी कुरा गरिएको हो,’’ गिरीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ