२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

बस दुर्घटनाका मृतक पाँचै जनाको सामूहिक दाहसंस्कार

९ मंसिर २०७५, आईतवार ०९:०४

मङ्सिर ९, राजविराज (रासस) | तीर्थयात्री बोकेको एक बस दुर्घटनामा परी मृत्यु भएका पाँचै जनाको शनिबार साँझ सामूहिक रूपमा दाहसंस्कार गरिएको छ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाएर डाक्नेश्वरी नगरपालिका–४ स्थित खडक नदी किनारमा ल्याएर सामूहिक दाहसंस्कार गरिएको स्थानीयवासी वीरेन्द्र साहले बताउनुभयो । 

को१ख २७९९ नं को बस दुर्घटनामा उक्त नगरपालिका ७० वर्षीया वेचनीदेवी यादव, ६० वर्षीया सकिलदेवी साह, ५५ वर्षीय दिनेश रजक, ५० वर्षीया बौकीदेवी रजक र ६० वर्षीया भुखनीदेवी यादवको मृत्यु भएको थियो । 

सुनसरीको वराह क्षेत्रको दर्शन पछि यात्रु लिएर आएको सो बस भारदह–राजविराज सडकअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वास्थित पोखरीमा शुक्रबार राति अनियन्त्रित भई खसेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य