२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको हवाई सेवा नियमित हुने संकेत

११ मंसिर २०७२, शुक्रबार ०९:१८

goma airसन्तोषकुमार गुप्ता/मङ्सिर ११, दाङ । ईन्धन अभावको कारण देखाउँदै अनियमित भएको दाङको हवाई सेवा पुनः नियमित हुने संकेत देखिएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा सञ्चालन हुँदै आएको हवाई सेवा पुनः नियमित रुपमा सञ्चालन गर्ने तयारी गरेको गोमा एअरका म्यानेजिङ डाइरेक्टर मनोज कार्कीले बताएका छन् ।

१० मंसिर बिहीबार आफ्नै उडानमार्फत् तुलसीपुर बिमानस्थल आउनुभएका कार्कीले तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीसँग कुरा गर्दै नयाँ सहमतिमार्फत् पुनः नियमित उडानका लागि आफू तयार रहेको उनले बताए । कार्कीले पुरानो सहमति ३ महिना रहेको र सो सकिएको हुँदा अब नयाँ सहमति अनुसार हप्तामा २ उडान भर्नका लागि आफूहरु तयार रहेको जानकारी दिए ।

उनले हवाई इन्धन अभावका कारण भाडामा केही बृद्धि भए पनि पुनः ईन्धन सहज भए पुरानै भाडामा उडान भर्ने बताए । भेटका क्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजालले आफुहरुले गरेको सहमति सकिएको र अब नयाँ सहमतिका साथ उडान भर्नका लागि आफुहरुको पूर्ण सहयोग रहने बताए ।

उनले आफुहरुले पहिले लिएको ७ वटा टिकटको जिम्मा भने लिन नसक्ने प्रष्ट पार्र्दै उडानका लागि अन्य सहयोग भने गर्न तयार रहेको बताए । यसैबीच ईन्धन अभावका कारण काठमाण्डौ दाङ हवाई भाडामा बृद्धि भएको छ ।

दाङको तुलसीपुरबाट उडान भर्ने एकमात्र गोमा एअरले इन्धन अभाव भन्दै काठमाण्डौबाट दाङ आउँदाको भाडा बृद्धि गरी झण्डै ११ हजार पुर्याएको छ । यसअघि काठमाण्डौदेखि तुलसीपुरको भाडा ८ हजार थियो । तर, पछिल्लो समय इन्धनको अभावलाई देखाएर काठमाण्डौबाट दाङ सम्म आउन हवाइ भाडा ११ हजार कायम गरिएको छ ।

यता दाङबाट काठमाण्डौ जाँदा भने ८ हजार ५ सय भाडा कायम गरिएको छ । एउटै रुट भए पनि काठमाण्डौबाट दाङ आउने र दाङ देखि काठमाण्डौ जाने यात्रुहरुका बीचमा झन्डै साढे तीन हजारको भाडा अन्तर पारिएको छ ।

गत जेठ १४ यता हप्तामा दुई दिन सोमबार र बिहीबार उडान भर्दै आएको गोमा एयरले यो बीचका केहि उडानहरु रद्ध गरेको थियो । कार्तिक १९ गतेपछि बिहीबार मात्रै उक्त एयरले दाङमा उडान गरेको हो ।

दाङको एक मात्रै एयरपोर्टमा हवाई सेवा सञ्चालनको जिम्मा लिँदै आएको तुलसीपुर उद्योग वाणिज्य संघले ७ वटा टिकेटको जिम्मा लिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला