२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाढीपीडितलाई १०३ वटा घर हस्तान्तरण

२०७५, ९ मंसिर आईतवार ०९:०८

मङ्सिर ९, बाँके (रासस) | बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । 

बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो । सो घर निर्माणका लागि प्रतिघरमा रु तीन लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ । 

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, ओल्ड रिन्यु क्यानडाका आवाशीय प्रतिनिधि मुक्ति सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख महेन्द्रजङ्ग शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, राजनीतिक दल, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वली, गैससका अध्यक्ष विष्णुप्रसाद तिमिल्सेना, सञ्चारकर्मी समाजसेवीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । 

निर्माण गरिएको घरमा पीडितहरुको परिवारको सदस्य सङ्ख्याका आधारमा वितरण गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते