२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाढीपीडितलाई १०३ वटा घर हस्तान्तरण

९ मंसिर २०७५, आईतवार ०९:०८

मङ्सिर ९, बाँके (रासस) | बाढीपीडितलाई विपद् प्रतिरोधी आवास निर्माण परियोजनाअन्तर्गत ओल्ड रिन्यु क्यानडाको आर्थिक सहयोग र गुलरिया नगरपालिका बर्दियाको समन्वयमा कारितास नेपालले शनिबार १०३ वटा घर निर्माण गरी हस्तान्तरण गरेको छ । 

बाढीबाट प्रभावित पूर्ण क्षति भएको घर गुलरिया नगरपालिका–१, ३, ४, ५, ८, १० र १२ मा निर्माण गरिएको हो । सो घर निर्माणका लागि प्रतिघरमा रु तीन लाख २५ हजार बराबरको लगानी भएको बताइएको छ । 

कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव, ओल्ड रिन्यु क्यानडाका आवाशीय प्रतिनिधि मुक्ति सुवेदी, जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख महेन्द्रजङ्ग शाही, नेपाल पत्रकार महासङ्घका अध्यक्ष राजेन्द्रप्रसाद धिताल, राजनीतिक दल, नागरिक समाज सञ्जालका संयोजक बालकृष्ण वली, गैससका अध्यक्ष विष्णुप्रसाद तिमिल्सेना, सञ्चारकर्मी समाजसेवीलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो । 

निर्माण गरिएको घरमा पीडितहरुको परिवारको सदस्य सङ्ख्याका आधारमा वितरण गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य