२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सर्वोदयमा शिक्षकको विदाई तथा सम्मान

१२ मंसिर २०७२, शनिबार ०३:११

ओमप्रकाश गुप्ता/मङ्सिर १२, दाङ । सर्वोदय उच्च माध्यामिक विद्यालय सिसहनियाँमा अध्यापनरत शिक्षक खुबीराम आचार्य लाई शुक्रवार एक कार्यक्रमका बीच विद्यालयले विदाई तथा सम्मान गरेको छ ।

६० वर्ष उमेर हदका कारण अनिवार्य अवकास लिए पछि विद्यालयले उहाँलाई फुलमाला र टिका लगाई विदाई गर्नुका साथै लामो समय देखि पठनपाठनको क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै कदरपत्र सहित दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो ।

शिक्षक आचार्यले २० वर्षको उमेरमा रुकुमको रुक्मेली उच्च मा.वि बाट अध्यापन पेशा सुरु गरि राप्ती अञ्चलका ८ ओटा मा.वि र उच्च मा.विमा अध्यापन गराउनु भयो भने कर्णाली अञ्चलका २ ओटा विद्यालयमा पनि अध्यापन गराउनु भएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम चौधरीको अध्यक्षता एवम् विद्यालयका प्राचार्य निर्मल शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने वक्ताले विदाई भएर जान लाग्नुभएका शिक्षक आचार्यले विद्यालयमा पु¥याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए ।

विद्यालयका पुर्व प्राचार्य कृष्णप्रसाद पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष तुलाध्वज मल्ल, विद्यालय व्यवस्थापन समितिका सदस्य छविलाल वि.एम, पत्रकारहरु धर्मराज बैरागी, ओमप्रकाश गुप्ता, सम्मानित शिक्षक खुबीराम आचार्य र शिक्षक गोविन्द के.सी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन शिक्षक चिरञ्जिवी अधिकारीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य