२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

रघुगङ्गा गाउँपालिका–६ मा स्वास्थ्य एकाइ स्थापना

१० मंसिर २०७५, सोमबार ०५:११

मङ्सिर १०, म्याग्दी | म्याग्दीको दुर्गम र विकट क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको रायखोरमा आइतबार सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । 

स्वास्थ्य एकाइ स्थापना भएपछि भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित रायखोरका बासिन्दालाई सामान्य बिरामी पर्दासमेत तीन घण्टा पैदल हिँडेर पाखापानी र चिमखोला पुग्नुपर्ने बाध्यता हटेको छ । 

एकाइबाट रायखोर, मूलपानी र उल्लेरीका ४८ घरधुरीका ५०० जनसङ्ख्या लाभान्वित भएका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । एक जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी खटिने एकाइबाट स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणको सुविधा दिइने उहाँले बताउनुभयो । 

एकाइ स्थापनाका लागि वडाको प्रस्तावमा गाउँपालिकाले विनियोजन गरेको रु पाँच लाख सहयोगमा स्थानीयवासीले श्रमदान गरेर भवन निर्माण गरेका छन् । स्थानीयले थप रु चार लाख ५० हजार लगानी गरेका छन् । 

एकाइको नेपाली काङ्ग्रेस म्याग्दीका सभापति खम्बीर गर्बुजा, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष कमला तिलिजाले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । उहाँहरुले दुर्गम र विकट बस्तीका बासिन्दामा सहजरुपमा स्वास्थ्य सेवाको पहुँच स्थापित गराउन प्राथमिकता दिएको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य