ग्यासको अभावमा दाउरामा खाना पकाउदा दाङका विद्यार्थीको पढाइ प्रभावित

Posted on: 28 Nov, 2015

daura newsसन्तोषकुमार गुप्ता/मङ्सिर १२, दाङ । ग्याँस अभाबका कारण विद्यार्थीहरु सबैभन्दा बढि मर्कामा परेका छन् ।

डेरा गरी बस्ने विद्यार्थीहरु ग्याँस अभावका कारण दाउरा प्रयोग गरी पकाउन बाध्य भएका छन् । ग्याँसको अभावमा कतिपय घरबेटीले चुलोमा पकाउन नदिने, चुलोमा पकाउने ठाउँ नहुने हुँदा चुलोमा पकाएर खान पनि समस्या भएको कतिपय विद्यार्थीहरुले बताएका छन् ।

यस्तै दाउरा महंगो हुँदा पनि समस्या भएको विद्यार्थीहरुले बताएका छन् । नजिक घर भएका विद्यार्थीहरुले घरबाटै दाउरा ल्याएर खाना पकाउने गरेपनि टाढा घर भएका विद्यार्थीहरु दाउरा किन्दा ग्याँस किन्ने पैसा पनि सकिन थालेको र ग्याँस आएपनि दाउरा किनेर पैसा सकिन लागेकाले तुरुन्तै ग्याँस किन्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।

नाकाबन्दी लम्बिदै जाँदा जिल्लामा ग्याँस सीमित मात्रामा मात्र भित्रिने गरेकाले बिद्यार्थीहरु दाउराको प्रयोग गरी खाना पकाउन बाध्य भएका हुन् । सिमीत मात्रामा ग्याँस जिल्लामा भित्रिने ग्याँस पनि बिद्यार्थीहरुले सहज तरिकाले पाउन नसकेको गुनासो गरेका छन् ।

दाङका बिभिन्न ठाउँका साथै राप्तीका बिभीन्न जिल्लाहरुका विद्यार्थीहरु घोराही र तुलसीपुर लगायतका स्थानमा उच्च शिक्षा अध्ययनका लागी बिद्यार्थीहरुले डेरा गरी बस्ने गरेका छन् । यसैबिच, नाकाबन्दीका कारण डिजेल पर्याप्त मात्रामा उपलब्ध नहुँदा विद्यालय बस सञ्चालनमा कठिनाई हुदाँ घरबाट आउने बिद्यार्थीहरुलाई पनि पढ्न आउन जान समस्या भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!