२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बालकको उपचारका लागि जापानबाट ६२ हजार सहयोग

१० मंसिर २०७५, सोमबार ०७:३३

मङ्सिर १०, गलेश्वर | विगत छ महीनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ । 

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुर विकले सहयोगका लागि देश विदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियन्ता बबिता योञ्जनले नजिन बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । 

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाबारे बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहनुभएका उहाँको सक्रियतामा ‘नजिन विक बचाउ’ अभियान फेसबुक गु्रप सञ्चालन गरिएको थियो । 

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुर विकलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिनुभयो । पीडित नजिनको ललितपुस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र पहिलो चरणको शल्यक्रिया सफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य