Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

बालकको उपचारका लागि जापानबाट ६२ हजार सहयोग

२०७५, १० मंसिर सोमबार ०७:३३

मङ्सिर १०, गलेश्वर | विगत छ महीनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ । 

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुर विकले सहयोगका लागि देश विदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियन्ता बबिता योञ्जनले नजिन बचाउ अभियान सञ्चालन गर्नुभएको थियो । 

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाबारे बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहनुभएका उहाँको सक्रियतामा ‘नजिन विक बचाउ’ अभियान फेसबुक गु्रप सञ्चालन गरिएको थियो । 

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुर विकलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिनुभयो । पीडित नजिनको ललितपुस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र पहिलो चरणको शल्यक्रिया सफल भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित