२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

चार वर्षसम्म छाप्रोमै वास

१० मंसिर २०७५, सोमबार ०८:३५

मङसिर १०, रामपुर | पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालका खड्गबहादुर खण्डलुकको परिवार २०७२ साल वैशाख १२ गतेको भूकम्पले घर भत्काएपछि छाप्रोमा बस्दै आउनुभएको छ । 

सरकारले पूर्णरुपमा क्षति भएका घर निर्माणको निम्ति अनुदान रकम उपलब्ध गराउँदै आए पनि खण्डलुकको परिवार भने छाप्रोमै बस्न बाध्य छ । अहिलेसम्म सरकारले दिएको पहिलो किस्ताको रु ५० हजार पाए पनि दाजुभाइको आन्तरिक कुरा नमिल्दा घर निर्माण हुन नसकेको स्थानीयवासी सन्तवीर सुनारीले जानकारी दिनुभयो । 

भूकम्प अनुदानको बैंक खाता दाजु गसबहादुर खण्डलुकको नाममा रहेकाले घर निर्माणमा समस्या भएको खण्डलुकको गुनासो छ । समुद्री सतहदेखि करीब एक हजार ५०० को उचाइमा रहेको मित्याल पाल्पामा बाह्रै महीना निकै चिसो हावा चल्छ, “न गतिलोसँग शित छेकिने छाना छ, न ओढ्ने, नै लगाउने बाक्लो कपडा छ, जाडो महीना शुरु भयो, मरिन्छ कि क्या हो” खड्गबहादुरले भन्नुभयो । 

“चारैतिर टिनका टुक्राले गाँसिएको छाप्रोमा रातिमा तप्पतप्प शितका थोपा आँखामा पर्छ निदाउन सकिंदैन् । मजदूरी गरेर खानसम्म जुटाएको छु”, खण्डलुकले बताउनुभयो । 

निस्दी गाउँपालिका कार्यालय प्राङ्गणको आडैमा रहेको खण्डलुकको परिवारको दयनीय अवस्था देखेर गाउँपालिकाले रु २५ हजार सहयोग गरेको छ । ‘‘भूकम्प गएको चारवर्ष बितिसक्यो, तीन छोरा र चार छोरी र श्रीमती गरी नौ जनाको परिवार यही घरमा बस्दै आएका छौँ’’ उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला