२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्सा - PRS

यी चार पेट्रोल पम्पलाई कारवाही

२०७५, १० मंसिर सोमबार १०:०३

मङ्सिर १०, वीरगञ्ज,  | उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कारवाही गरेको छ । 

सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्रोल पम्पहरुमा अनुगमन गरेपछि चार वटा पेट्रोल पम्पले उपभोक्ता ठग्दै आएको फेला परेको क्षेत्रीय प्रमुख शशीभूषण यादवले बताउनुभयो । 

कारवाहीमा परेका पेट्रोल पम्पहरु कलैया उपमहानगरपालिका–१ का अमित आयल स्टोर वडा नं. १३ का विजय आयल स्टोर, वडा नं. १४ का महम्द आयल स्टोर र शिवशङ्कर ट्रेडर्स रहेका छन । ती पम्पहरुले मिटर बिगारेर उपभोक्ता ठग्ने, कम तेल दिने गरेको पाइएकाले कारवाही गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते