२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

प्रहरी सेवा केन्द्र लालमटियाको बैठक सम्पन्न

१२ मंसिर २०७२, शनिबार ०७:५८

सन्तोषकुमार गुप्ता/ मंसिर १२, भालुवाङ्ग ।  सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार भएकोे बैठकले कार्य समितीका केही निष्कृय पद्धाधिकारीहरुलाई निष्कासित गरी तीन जना नयाँ सदस्य नियुक्त गर्नुका साथै कार्य समितीको केही पदमा समेत हेरफेर गरेको छ ।
केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता एवम् ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवरक्षेत्रीको प्रमुख आतिथ्यमा भएको बैठकले केन्द्र स्थापना भए देखि अहिले सम्म प्रत्येक बैठक तथा कार्यक्रमहरुमा जानकारी गराउँदा समेत कुनै पनि बैठकमा बिना जानकारी अनुपस्थीत भएको भन्दै कार्य समिती उपाध्यक्ष सहित ६ जना निष्कृय सदस्यहरुलाई निस्काशित गरी तीन जना नयाँ सदस्य नियुक्त गरी १९ सदस्यीय रहेको कार्य समितीलाई १५ सदस्यीय बनाएको छ ।

यसरी निष्काशित हुनेहरुमा कार्य समिती उपाध्यक्ष ऋषिराम बस्नेत, सदस्यहरुमा टिकाराम चौधरी, श्यामा चौधरी, सरिता चौधरी, बिष्णु मर्रासिनी र दधिराम आचार्य रहेका छन् । केन्द्रको बैठक बस्दा कोरम नपुग्ने समस्यालाई मध्यनजर गरी केन्द्रको पूर्व निर्णय तथा बिधान बमोजिम पटक—पटक जानकारी गराउँदा समेत उपस्थीत नभएको भन्दै सात जना पद्धाधिकारीहरुलाई निस्काशित गरी तीन जना नयाँ सदस्य नियुक्ती गरी १५ सदस्यीय कार्य समिती बनाएको हो । त्यस्तै बैठकले कार्य समिती पदमा समेत हेरफेर गरेको छ, जस अनुसार सह—सचिव सन्तोषकुमार गुप्तालाई उपाध्यक्ष तथा नव नियुक्त सदस्य बुद्धिराम चौधरीलाई सह—सचिव पदमा नियुक्ती गरेको छ, भने कार्य समितीको नयाँ सदस्यमा मालिका आचार्य, जगतबहादुर थापा र बुद्धिराम चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवरक्षेत्रीले ईप्रकाको कार्य क्षेत्रमा आफ्नो १८ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि लालमटिया क्षेत्रको भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै मंसिर १३ गते आईतबार लालमटियामा एक ार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाई गर्ने निर्णय गरेको छ । प्रहरी प्रमुख कुवरको हालै सरुवा चितवन तालिम केन्द्रमा सरुवा भएको भन्दै केन्द्रले सम्मान तथा बिदाई गर्न लागेको जनाएको छ । बैठकले सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियालाई कार्यालय सञ्चालनका लागि निशुल्क कोठा उपलब्ध गराएको कालिका सामुदायिक वन उपभोक्ता समुहलाई धन्यवाद ज्ञापन समेत गरेको छ । त्यस्तै बैठकले सेवा केन्द्रको काम कार्वाही थप प्रभावकारी बनाउन तथा गाउँ गाउँमा सेवा केन्द्रको महत्व, आवश्यकता र कामका बिषयमा प्रचारप्रसार गर्न ब्यापक सेवाको आजिवन सदस्य प्रदान गर्ने र सेवा केन्द्रका अध्यक्ष तथा कोषाध्यक्षको सयुक्त नामबाट महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियामा खाता सञ्चालन गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकमा सेवा केन्द्रका सल्लाहकार युवराज न्यौपाने, कार्य समिती उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सदस्यहरु सरस्वती पोख्रेल, शारदा भुसाल, भरत एमसी, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरक्षक रोहित कुवरक्षेत्री, सामुदायिक प्रहरी अमृतकुमार कठायत, सन्तबहादुर पुन, महिला समाजसेवी मालिका आचार्य लगायतको उपस्थीत रहेको थियो । बैठकको सहर्जीकरण केन्द्रका सचिव उमेश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला