2026-09-13 01:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

महिला हिंसा विरुद्ध अभियान सफल बनाउन मिर्चैयामा प्रभातफेरी

राम नारायण पंडित | मङ्सिर ११, सिरहा | महिला हिंसा उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान देशभर जारी रहेको छ । सबै प्रदेश, जिल्ला समन्वय समिति र स्थानीय तहमा लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान आइबारदेखि सुरु भएको हो । अभियानलाई सफल बनाउन सोमबार मिर्चैयामा प्रभातफेरी सम्पन्न गरिएको छ ।

“लैगिंक हिंसा र दूव्र्यवहार: छैन हामीलाई स्वीकार” भन्ने नाराका साथ ईलाका प्रहरी कार्यालय मिर्चैयाको परिसरबाट निकालिएको प्रभातफेरी स्थानिय कटारी चौक हुदै नगरको बिभिन्न भागको परिक्रमा गर्दै नगरपालिकाको परिसरमा पुगी कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै मिर्चैय नगरपालिकाका मेयर श्रबण कुमार यादबले महिला विरुद्ध हुने सबै खालका हिंसा अन्त्यको लागि शिक्षा र चेतना फैलाउनु आवश्यकता रहेको बताएका छन् । महिलालाई अगाडी बढ्न अवरोध खडा गर्ने परिपाटी परिवर्तन गरी भेदभावमुक्त समाज निर्माण गर्नेतर्फ सबैलाई क्रियाशील हुनुपर्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नाबय उपरिक्षक सुकदेव खनालले बताए । अभियान मंसिर २४ गतेसम्म संचालन हुनेछ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादबको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडेल, बिभिन्न बडाका बडाअयक्ष, अन्तरपाटी महिला संजाल सिरहाका अध्यक्ष चन्द्रकला साह, कोषाध्यक्ष रेणु शर्मा, दलित महिला संघका जिल्ला अध्यक्ष शान्ति पासमान, क्रियाशिल महिला पत्रकार संजाल प्रदेश नं २ का संयोजक निर्माला दहाल लगायतका उपस्थित रहेको थियो ।

अन्तरपाटी महिला संजाल, मिर्चैया नगरपालिका र ईलाका प्रहरी कार्यालय मिर्चैयाको संयुक्त आयोजना तथा दलित महिला संघ, समुदाय–प्रहरी साझदारी सेल मिर्चैया र क्रियाशिल महिला पत्रकार संजाल सिरहाको सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले