२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भारतीय नाकाबन्दी बिरुद्ध देउखुरीमा मोटरसाईकल रर्याली (फोटो फिचर)

२०७२, १६ मंसिर बुधबार १२:००

सन्तोषकुमार गुप्ता/ मंसिर १६, भालुवाङ्ग । भारतले बिगत लामो समय देखि लगाउँदै आएको अघोषित नाकाबन्दीका बिरुद्ध बुधबार देउखुरीमा बृहत मोटरसाईकल ¥याली सहितको बिरोधसभा गरिएको छ ।
dang 7
नाकाबन्दी बिरुद्ध नागरिक अभियान गोबरडिहाको आयोजनामा देउखुरीको कालाकाटेबाट शुरु भएको सयौँ मोटरसाईकल सहितको ¥यालीले भालुवाङ्ग पुल्चोक बजार हुदै सिसहनियाँ बजार सम्म गरी विभिन्न ठाउँमा पुगी कोण सभाहरु सम्पन्न भएका छन् । ¥यालीमा दुई सय बढी युवा, विद्यार्थी, शिक्षक, उद्योगी, व्यवसाय र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय पारवहन अधिकारको हनन् गरेको र संयुक्त राष्ट्र संघले भारत सरकारलाई पटक—पटक नाकाबन्दी खुलाउन औपचारिक आग्रह गर्दा समेत झनपछि झन भारतीय ज्यादती बढाउँदै गएको भन्दै भारत सरकारका बिरुद्ध नागरिकलाई जागरुक गराउन तथा दबाबमूलक कार्यक्रम मार्फत अन्र्तराष्ट्रिय क्षेत्रमा सन्देश प्रवाह गरी नाकाबन्दीलाई अन्र्तराष्ट्रियकरण गर्न देउखुरीमा नाकाबन्दी बिरुद्ध नागरिक अभियान शुरु गरेको अभियानका संयोजक सागर मर्रासिनीले बताए । यो अभियान सम्पूर्ण देशभक्त नेपालीहरुको अभियान हो, त्यसैले सबै नेपालीहरु यति बेला नाकाबन्दीका बिरुद्ध एक्यबद्धता हुनु पर्ने समय आएको संयोजक मर्रासिनीले भने ।
dang 6

“नाकाबन्दी बिरुद्ध सम्पूर्ण नेपाली एक हौँ, नेपाल माथि भारतले लगाउँदै आएको नाकाबन्दी फिर्ता गर” भन्ने मुल नाराका साथ शुरु भएको भारतीय नाकाबन्दी बिरुद्ध नागरिक अभियान अन्र्तगत मोटरसाईकल संगै सिसहनियाँमा भएको कोणसभा बोल्दै भालुवाङ्ग पुल्चोकका स्थानिय समाजिक अगुवा होमप्रसाद शर्माले भारतले तत्काल नाकाबन्दी फिर्ता नगरे नाकाबन्दीका बिरुद्ध अन्र्तराष्ट्रियकरण गर्न सरकारलाई खुट्टा नकमाउन संग माग गरे । उनले भारतीय सेना नेपाली बस्तीमा प्रवेश गरी ज्यादती बढाएको प्रति कडा रुपमा बिरोध गदै ज्यादती नरोकिए भारत संग युद्ध गर्न नेपाली जनता तयार रहेको बताए । हामी बिर गोर्खालीका सन्तान हौँ हिजो अग्रेज देखि जहानिय राणा शासन मात्र नभई सामन्ती राजतन्त्रका बिरुद्ध जसरी लड्यौ आज हामी भारतीय बिरतारबादका बिरुद्ध युद्ध भुमिमा होमिन तयार छौँ सक्छौ भने नेपाल संग युद्धको घोषण गर हामी तिमीहरुका बिरुद्ध महायुद्ध घोषणा गछौँ शर्माले भने । हिजो देखि भारतीय ज्यादती सहेर बसे पनि अब स्वाभिमान नेपाल भुमिको रक्षाका लागि सम्पूर्ण देशभक्तः नेपाली भारतका बिरुद्ध लाग्न आग्रह समेत गरे ।
dang 5

त्यस्तै भालुवाङ्गमा आयोजित कोणसभालाई सम्बोधन गदै साहित्यकार तथा शिक्षक भानु जिएमले सिमानामा ग्रेटवाल लगाउन तयार छौँ तर नाकाबन्दी खुलाउने नाममा भारत संग कुनै पनि खाले सम्झौता नगर्न प्रमुख राजनितिक दलहरु संग आग्रह गरे । उनले भारत सरकारलाई तत्काल नाकाबन्दी हटाई अन्र्तराष्ट्रिय पारवहन अधिकारको सम्मान गर्न र असल छिमेकीको भुमिका निर्वाह गर्न समेत आग्रह गरे । हामी दाउरा बाल्न तयार छौँ, साइृकल चढ्न तयार छौ तर नेपाली स्वाभिमानका बिरुद्ध कुनै पनि हालतमा भारत संग झुक्दैनौँ जिएमले भने । मुठीभरका सामन्ती मधेसीले शुर गरेको बिखण्डनकारी आन्दोलनका माग होईन् मधेसको जायज माग सम्बोधन आन्तरिक समस्या हल तर्फ सरकार लाग्न समेत जिएमले माग गरे ।

dang 4
यो पहिलो चरणको आन्दोलनको कार्यक्रम हो, यो आन्दोलनबाट देउखुरीमा क्रियाशिल राजनितिकदल, सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी, व्यपारी, पत्रकार सबैको समर्थन पाएका छौँ अब पुन बैठक बसी नाकाबन्दी बिरुद्ध देउखुरी व्यापी बृहत कार्यक्रम सञ्चालन गर्ने नाकाबन्दी बिरुद्ध नागरिक अभियानका संयोजक सागर मर्रासिनीले भने । नाकाबन्दीले देशका अति संवेदनशिल क्षेत्र समेत झन्पछि झ्न प्रभावित बन्दै गएको र जनजीवन नै कष्टकर हुन थालेको भन्दै देशभक्त नागरिकहरुको व्यापक समर्थन तथा सल्लाह सुझावबाट नाकाबन्दी बिरुद्ध थप नयाँ आन्दोलनका कार्यक्रम गर्ने संयोजक मर्रासिनीको भनाई छ । कोण सभाको सञ्चालन अभियानका सदस्य हरि सुवेदीले गरेका थिए ।

dang 3

dang 2

dang 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट