सोह्र दिने अभियान चलेकै बेला महिलाद्धारा महिलामाथि निर्घात कुटपिट

Posted on: 04 Dec, 2015

ओमप्रकाश गुप्ता/मङ्सिर १८, सिसहनियाँ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला एक महिला माथि महिलाहरुले नै कुटपिट गरी घाइते बनाएका छन् ।

देउखुरीको सिसहनियाँ ६ मिलनडाँडा निवासी बसन्ता गैरे माथि बुधवार राती करिव ८ बजेको समयमा सोही ठाउँ बस्ने आफनै माइजु सुनिता मल्लले गाउँका अन्य ६ जना महिला लगाई आफु माथि निर्घात कुटपिट गरी घाइते बनाएको पिडित महिलाले बताएकी छिन् ।

मामा सँग अनैतिक सम्बन्ध राखेको भन्दै निज मल्लले कुटपिट गर्दा घाइते गैरेको टाउकोमा गम्भीर चोट लागेको छ ।

बिना सवुत आफु माथि आक्रमण गर्ने निज महिलालाई कडा कारवाहीको माग गर्दै पिडित गैरेले विहिवार नै प्रहरी चौकी सिसहनियाँमा किटानी जाहेरी समेत दिएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।

साथै पिडित महिलाले महिला रक्षक सञ्जाल सँग न्यायको लागि अनुरोध समेत गरिकी छिन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!