२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

तीन महिनाभित्रै भीमदत्त नगर फोहर मुक्त हुन्छ: सरसफाई अभियन्ता मानव

२०७५, १३ मंसिर बिहीबार १६:४५

मङ्सिर १३, महेन्द्रनगर | विश्व सरसफाई अभियन्ता राजमान मानवले भीमदत्त नगरपालिकालाई तीन महिनामा फोहर मुक्त बनाउन सकिने बताएका छन् । भीमदत्त नगरपालिका कार्यालयमा बिहीबार आयोजना गरिएको सरसफाई सम्बन्धी छलफल कार्यक्रममा सरसफाई अभियन्ता मानवले जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी, स्थानीय सबैको सहयोगले तीन महिनामै नगरपालिकालाई सफा र स्वच्छ बनाउन सकिने बताएका हुन् ।

भीमदत्त नगरपालिकामा नगर प्रमुख, उप नगर प्रमुख सहित सबै वडामा वडा अध्यक्ष सहित ५÷५ जनाको जनप्रतिनिधिको टीम छ, यो टीमले सबैसित सहकार्य र समन्वय गरी जाँदा तीन महिनाभित्र नगरपालिका सफा र स्वच्छ हुन्छ’ सरसफाई अभियन्ता मानवले भने ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अगुवाईमा सञ्चालन गरिएको बृहत जनचेतना मुलक सरसफाई कार्यक्रममा विश्व सरसफाई अभियन्ता मानव र सुशिला महर्जन गत महिनादेखि सक्रिय सहभागी भएका छन् । 

हरेक शनिबार सञ्चालन गरिने सरसफाई अभियान बाहेक उनीहरु दैनिक नगरका विभिन्न क्षेत्रमा सरसफाई गर्दै आएका छन् ।

आगामी शनिबार हुने बृहत सरसफाई कार्यक्रम सम्बन्धी छलफलका लागि सरसफाई अभियन्ताद्वय मानव र महर्जनको उपस्थितमा कार्यक्रम गरिएको हो । शनिबार भीनपा वडा नं. ४ र १८ मा बृहत सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

विश्व सरसफाई अभियन्ता मानवले नगरका सबै टोलमा फोहरको समस्या देखिएकाले सबैले एकजुट भएर लाग्नु पर्ने आवश्यकता औंल्याए ।

‘अन्य एकाध टोल त सफा हुन्छ, यहाँ त त्यस्तो छैन, त्यसैले सबै टोललाई सबै नगर वासिन्दा सहभागी गरी सरसफाई अभियान चलाउन आवश्यक छ’ उनले भने,‘त्यसका लागि तपाई हामी सबैले आ–आफ्नो क्षेत्रबाट सहयो  गर्न आवश्यक छ ।’


आफू बस्ने टोल सफा गर्ने हरेक नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उनले फोहर नफालेर सफा सहर बनाउनु पर्ने अभियान चलाउनु पर्नेमा सरसफाई अभियन्ता मानवले जोड दिए ।

कार्यक्रममा धुमपान निषेधका अभियन्ता मदन बहादुर चन्दले भीमदत्त नगरलाई सफा, स्वच्छ र हराभरा बनाउने अभियानमा सबैको साथ हुने बताए । 

‘अहिलेसम्म सरसफाई अभियान सञ्चालन गर्दै आएका छौ, त्यसमा सबैको साथ र सहयोग पाएका छौ’ उनले भने,‘नगरलाई सफा र स्वच्छ बनाउने अभियानमा पूर्ण रुपमा सहयोग गर्छौ ।’

सर्वपक्षीय बैठकले भीनपा वडा नं. ४ र १८ मा सबैले आ–आफ्नो टोल सफा गर्न आव्हान गर्दै शनिबार बृहत सरसफाई कार्यक्रम गर्ने निर्णय गरेको छ । सरसफाई अभियानमा आमा समूह, जनप्रतिनिधि, उद्यमी व्यवसायी, स्थानीय सबै सहभागी हुने धुमपान निषेधका अभियन्ता चन्दले बताए ।

छलफल कार्यक्रममा सहभागीहरुले नगरपालिकाका सबै वडामा सरसफाई कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । भीमदत्त नगरपालिकाले सबै वडालाई लक्षित गरी महेन्द्रनगर बजारबाट सरसफाई अभियान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी