सिसहनियाँ उवासंघको प्रारम्भिक साधारणसभा भोली

Posted on: 04 Dec, 2015

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । सिसहनियाँ उद्योग बाणिज्य संघको भोली सिसहनियाँमा हुने प्रारम्भिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ । व्यपारीहरुको छाता संगठनको रुपमा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघ दर्ता भएको तीन महिना भित्र प्रराम्भिक साधारण गरी नयाँ कार्य समिती चयन गर्नु पर्ने प्रावधान अनुसार शनिबार संघकै कार्यालय प्रगाणमा हुने साधारणसभाको तयारी पुरा भएको हो । संघका कोषाध्यक्ष कुमार अधिकारीका अनुसार हाल सम्म पत्रचार, मञ्च व्यवस्थापन, अतिथी सत्कार र आन्तरिक कार्य सम्पादन लगायतका सम्पुर्ण तयारी भएको जानकारी दिनु भएको छ । बिहान ११ बजे शुरु हुने सभामा उपस्थीतीका लागि सम्पूर्ण उद्योगी, व्यपारी, अतिथी, पत्रकार सम्पूर्णमा आग्रह समेत गर्नु छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!