<p>मङ्सिर १४, दुल्लु | दैलेखको महाबु गाउँपालिका–४ मा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । <br></p><p>दैलेख सदरमुकामबाट सिमेन्ट लिएर महाबु गाउँपालिका जाँदै गरेको भे१त ६४२० नंको ट्याक्टर दुर्घटनामा महाबु गाउँपालिका–४ का ४९ वर्षीय गगनप्रसाद पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुुर क्षेत्रीले जानकारी दिनुभयो । </p><p>सो दुर्घटनामा घाइते हुनुभएका नारायण नगरपालिका–३ का ट्याक्टर चालक झलकबहादुर हमालको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । </p>
दैलेखमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

