2026-09-13 06:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा स्वास्थ्य परीक्षण शिविरबाट २ सय ४० जनाले सेवा लिए

मङ्सिर १४, बेझाड | पाल्पाको माथागढी गाउँपालिका– ५ को हात्तिलुङमा सञ्चालन भएको स्वास्थ्य परीक्षण शिविरमा यहाँका २४० जना नागरिकले सेवा लिएका छन् । शिविरमा १४५ महिला, ७८ पुरुष र १७ बालबालिकाले सेवा लिएका हुन् । 

शिविरमा क्याप्टेन डा विजयप्रकाश श्रीवास्तव र डा झपिन्द्र ढकालसहितको टोलीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा दिनुभएको हो । नेपाली सेना गोरखदल गण पाल्पाले गाउँपालिकाको व्यवस्थापन र समन्वयमा सैनिक नागरिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले शिविर आयोजना गरेको हो । 

शिविरमा मुटु, मधुमेह, पेटसम्बन्धी उपचार गरिनुका साथै निःशुल्क औषधिसुमेत वितरण गरिएको छ । ग्रामीण क्षेत्रका जनतालाई सहज स्वास्थ्य सेवा दिन शिविर आयोजना गरिएको पालिका अध्यक्ष सन्तोष थापामगरले बताउनुभयो । स्थानीयस्तरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा यहाँका नागरिक खुशी भएका छन् । 

सिटी क्लिनिक सेवा सञ्चालन 

यसैबीच कालीगण्डकी आँखा उपचार केन्द्र, रामपुरले सिटी क्लिनिक सेवा सञ्चालन गरेको छ । केन्द्रले कर्मचारी, विद्यार्थी, शिक्षकलाई कार्यालय समयबाहेक आँखा उपचार सेवा उपलब्ध गराउन बेझाड बजारबाट बिहान साँझ सिटी क्लिनिक सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष हुतराज पोखरेले बताउनुभयो । 

रामपुर नगरपालिका– ७ किसानबारीमा रहेको आफ्नै भवनबाट सेवा दिएको केन्द्रले यसै वर्षदेखि सिटी क्लिनिक सेवा शुरु गरेको हो । सिटी क्लिनिक सेवाप्रति अहिले सेवाग्राहीको आकर्षण बढ्दो छ । केन्द्रले बेझाड बजारदेखि शुरु गरेको क्लिनिक सेवाले कर्मचारीलाई ठूलो सहयोग मिलेको सेवाग्राही सुमित्रा रेग्मी बताउनुहुन्छ । 

क्लिनिक सेवाबाट दैनिक १० बढी बिरामीले आँखा जाँच तथा उपचार सेवा लिएको प्राविधिक अजयकुमार पाल बताउनुहुन्छ । यहाँ पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीलगायतका क्षेत्रका स्थानीयवासीले सेवा लिँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले