२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको माझी बस्तीमा खानेपानी अभाव

२०७५, १४ मंसिर शुक्रबार ०७:२४

लक्ष्मीप्रसाद सापकोटा | मङ्सिर १४, पर्वत | कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ । 

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । सो बजारमा व्यवसायका लागि सानाठूला गरी करीब तीन दर्जन घरटहरा छन् । नजिकै करीब १५० परिवारको माझी बस्ती छ । बस्तीका लागि २० एमएमको पाइपमा पानी ल्याइएको भए पनि हिउँद लागेसँगै पानी कम हुँदा दैनिकजसो झगडासमेत हुने गरेको छ । 

बस्तीदेखि करीब ४०० मिटरको दूरीमा पानीको मुहान छ । पानीको स्रोत कम हुँदा र वितरण व्यवस्थित नहुँदा यहाँ खानेपानीका लागि झगडा हुने गरेको हो । “बिहानदेखि साँझसम्म कुनै बेला पानी सजिलै थाप्नै पाइँदैन”, स्थानीय सुमित्रा थापामगरले भन्नुभयो, “यत्रो बजारलाई एउटा धारा छ । राति २ बजे उठेर भाँडा नभरे घाँटी भिजाउने पानी पनि पाइँदैन ।” चिसो मौसममा पानी थाप्नका लागि राति २ बजे उठ्दा खुट्टा सुन्निने र पेट फुल्नेलगायतका समस्या हुन थालेको उहाँले गुनासो गर्नुभयो । 

मालढुङ्गा भएर दैनिक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्छन् । धौलागिरिका सबैजसो जिल्ला सदरमुकाम पुग्ने सवारी साधन यहाँ रोकेर चिया नास्ता खाने ठाउँ पनि हो । बिहानदेखि बेलुकासम्म सयौँ यात्रु यहाँ विश्राम लिन्छन् । सार्वजनिक धारा एउटा मात्रै छ । त्यसैले पानी थाप्नै हानथाप हुन्छ । 

ठूलो आकारको पाइपमा पानी ल्याएर वितरण गर्न र धारा थप गर्न स्थानीयले छ वर्षअघि स्थानीय निकायलाई आग्रह गरेका थिए । त्यसका लागि कृष्ण सुवेदी अध्यक्ष रहेको एक उपभोक्ता समिति पनि गठन भयो । तर उपभोक्ताको गुनासो स्थानीय निकायले सुनेन । त्यसयता दुई वटा निर्वाचन भए । तत्कालीन पाङ गाविस कुश्मा नगरपालिकामा गाभियो । नगरपालिकाभित्र परेको पनि चार वर्ष पुगिसक्यो । 

नगरपालिकाले पनि स्थानीयका माग सुनेन । “नगरपालिका बनिसकेपछि पनि हामीले धेरैपटक समस्या सुनायौँ”, उपभोक्ता समिति सचिव होमनाथ सुवेदीले भन्नुभयो, “हामीलाई पाइप मात्रै देउभन्दा पनि दिन मानेनन् ।” नजिकैको भैँसे ओढारमा रहेको मूलमा व्यवस्थित ट्याङ्की बनाउन सके मालढुङ्गा बजार र नजिकैको माँझी बस्तीलाई समेत पानीको सुविधा हुने उहाँले बताउनुभयो । 

“हामीलाई पुगेर पनि माँझी बस्तीलाई पुग्ने पानी त्यो मूलबाट ल्याउन सकिन्छ”, स्थानीय केबी गुरुङले भन्नुभयो, “हाम्रो कुरा कसैले सुन्दैन ।” बस्तीमा घरघरै धारा र एउटा सार्वजनिक थप्न नगरपालिकासँग माग गरिरहेको उहाँले बताउनुभयो । “मुहानबाट ४० एमएमको पाइपमा पानी ल्याउन सकियो भने पर्याप्त हुन्छ”, उहाँले भन्नुभयो । 

कुश्मा नगरपालिकाका प्राविधिक अर्जुन चापागाईंले मालढुङ्गामा खानेपानी सहज बनाउने योजना रहेको बताउनुभयो । “स्थानीयको मागलाई ध्यानमा राख्दै मुहानदेखि बस्तीसम्मको दूरी नापजाँचको काम भइसक्यो”, उहाँले भन्नुभयो, “मुहानमा पानी छ । सङ्कलन गरेर ठूलो इन्टेक बनाएर ४० एमएमको पाइप थप्नसके समस्या हुँदैन ।” वडा कार्यालयले रु एक लाख बजेट छुट्याएकाले मालढुङ्गा बजार र माँझी बस्तीमा पानी पर्याप्त हुनेगरी योजना अघि बढाउन नगरपालिका सकारात्मक रहेको उहाँले बताउनुभयो । 

नगरप्रमुख रामचन्द्र जोशीले मालढुङ्गाको खानेपानीको अवस्थाबारे बिहीबार स्थलगत निरीक्षण गरेको बताउनुभयो । “त्यहाँको समस्या पुरानै हो”, उहाँले भन्नुभयो, “समस्या समाधान गर्न योजना अघि बढाउँदैछौँ ।” हाल प्रयोग भइरहेको पाइप हटाएर बढी क्षमता जडान गरी पानी पर्याप्त हुनेगरी वितरण गर्ने योजना रहेको नगरप्रमुख जोशीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु