२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

महाप्रभु सहकारीको साधारणसभा सम्पन्न

२० मंसिर २०७२, आईतवार ०४:५६

सन्तोषकुमार गुप्ता/ मंसिर २०, भालुवाङ्ग । महाप्रभु बचत तथा ऋण सहकारी संस्था लालमटियाको आठौँ बार्षिक साधारणसभा शनिबार मुनलाईट उच्च मावि लालमटियाको प्रगाणमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवम् दाङ्ग जिल्ला सहकारी संघका अध्यक्ष गोबिन्दप्रसाद शर्माको प्रमुख आतिथ्य तथा दाङ्ग बचता तथा ऋण सहकारी संघकी जिल्ला उपाध्यक्ष हुमाकुमारी डिसीको बिशिष्ट आतिथ्यमा सभा सम्पन्न भएको छ । संस्थाका शिक्षा उपसमिती संयोजक रुकमाङ्गत ज्ञवालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारी संस्थाको माध्यमबाट नै देशको गरिबी निवारण गर्न महत्वपूर्ण खेलेको बताएका थिए । उनीहरुले सहकारी संस्थाहरुलाई राज्यले ठोक निति बनाएर लागु गर्न सके एक बर्ष भित्रै ९० प्रतिशत गरिबी तथा बेरोजगारी समस्या हल गर्न सकिने समेत बताएका थिए ।

dang1
सभामा संस्थाका व्यवस्थापक गुरुप्रसाद ज्ञवालीले बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष रामकृष्ण पौडेलले आर्थिक बर्ष २०७१÷०७२ को २४ करोड ५८ लाख २ हजार ६ सय ६० रुपैयाँ ८७ पैसाको आय व्यय तथा आर्थिक बर्ष २०७२/०७३ को २८ करोड ७८ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६२ पैसाको आय व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक बर्ष २०७१/०७२ मा ७२ लाख ७३ हजार २ सय ३७

रुपैयाँ ३४ पैसा नाफा गर्न सफल भएको छ । गत बर्ष भन्दा यस बर्ष संस्थाले ४३.०६ प्रतिशतले नाफा बृद्धि भएको छ । त्यस्तै लेखा तथा सुपरिवेक्षण समितीका संयोजक नुमानन्द सुवेदीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

dang 2
सो अवसरमा संस्थाका संस्थापक तथा जेष्ठ नागरिक रबिलाल न्यौपाने, बसन्तराज आचार्य, असर ऋणी कमलादेवी आचार्य, असल खुत्रुके बचतकर्ता शान्ता श्रेष्ठ र लगनशिल कर्मचारी शिशिर चौधरीलाई नगद र प्रमाण—पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा लालमटिया गाविस सचिव दामोदर पोख्रेल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँका अध्यक्ष शिवध्वज मल्ल, जनजिविका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीवराज शर्मा, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, लालमटिया बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, सााग्रिल डेभलभमेनट बैङ्क शाखा कार्यालय भालुवाङ्गका प्रमुख जीवन डिसी र सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष तथा पत्रकार सन्तोषकुमार गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव हिमानन्द पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह स्कर्पियो र कार ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते युवाहरुको सबैभन्दा ठूलो समस्या भनेको जागिर नपाउनु हो : सांसद तोसिमा कार्की