२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पुस १३ देखि पोखरा सडक महोत्सव हुने

२०७५, १५ मंसिर शनिबार ०२:४५

मङ्सिर १५, चिप्लेढुङ्गा (रासस) | पोखरामा एउटा ब्राण्डको रूपमा स्थापित हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म फेवाकिनारमा सञ्चालन हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष हुँदै आइरहेको सडक महोत्सव यस वर्ष पनि विविध गतिविधिका साथ हुनलागेको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) ले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । 

पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा महत्वपूर्ण मानिदै आएको सडक महोत्सव २०औँ संस्करणस्वरुप अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को स्वागतार्थ आयोजना गरिन लागेको रेवानका अध्यक्ष बुधराज भुजेलले (भीमसेन) जानकारी दिनुभयो । उहाँले रेवानले स्थानपनाकालदेखि नै व्यावसायिक हकहितको संरक्षण तथा संवद्र्धनसँगै पर्यटकीय गतिविधिमा विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो । 

शहीद चोकदेखि खहरे, डिहीकोपाटनसम्मको झण्डै तीन किमी दूरीमा आयोजना हुने सो महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आर्कषक गतिविधि हुने महासचिव गणेश थापाले जानकारी दिनुभयो । महोत्सवमा लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामीण भेगमा उत्पादित सामग्रीको बिक्रीलाई प्रोत्साहन गरिने थापाले बताउनुभयो । 

महोत्सवलाई सभ्य र भव्य बनाउन अध्यक्ष भुजेलको संयोजकत्वमा २६ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको थापाले जानकारी दिनुभयो । 

महोत्सवमा पर्यटकको स्वाद र रुचिअनुसारका राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय परिकारका खानाहरु सडकमै उपलब्ध गराइनुका साथै महोत्सवमा मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकूद, वृत्तचित्र प्रदर्शनी, बालउद्यान, चर्चित कलाकारको प्रस्तुति रहने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित