२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

२०७२, २६ मंसिर शनिबार १२:३५

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनको २६ औँ स्थापना दिवसको अवसरपारी शनिबार गोबरडिहाको बड्हरामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

निजी क्षेत्रमा क्रियाशिल पाराभेटनरीहरुको भेलाले वि.सं. २०४७ सालमा स्थापना भएको एशोसनको स्थापना दिवस पारेर पत्येक बर्ष एशोसनले अधिराज्य भर बिकट गाउँहरुका पशु पालक किसानहरुको समस्यालाई एशोसनको जिल्ला कार्य समितीको आयोजनामा निशुल्क पुश स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ३ हजार बढी गाई, भैसी, बाख्रा र भेडाहरुको उपचार गरिएको छ ।

जसमा १ हजार २ सय २५ गाई भैसीलाई चरचरे तथा भ्यागुते रोग बिरुद्धको भ्याक्सिन, ६ सय बाख्रालाई पिपिआर बिरुद्धको भ्याक्सिन, १ सय ५० बाख्रा तथा गोरुलाई बन्धाकरण, २ हजार २ सय २५ पशुहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यले जानकारी दिए । शिविरमा छाला, बाझोपन र प्रजनन् सम्बन्धी समस्या देखिएको अध्यक्ष आचार्यले बताए । शिविरमा ४० जना बढी निजी तथा सरकारी पशु प्राविधिकहरुको सहभागिता रहेको थियो ।

जसमा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसालको नेतृत्वमा ३२ जना जुनियर पशु प्राविधिकहरुको समेत सहभागिता रहेको थियो । शिविरबाट उक्त गाउँका २ सय बढी पशुपालक किसानहरु प्रत्यक्ष लाभन्दित भएका छन् । बड्हराका पशुपालक किसानहरु आफ्ना पशुचौपायको उपचारका लागि कि त लमही कि त भालुवाङ्ग आउनु पर्ने बाध्यता रहेको किसानहरुको भनाई छ । गाउँमै पशु प्राविधिकहरुले निशुल्क स्वास्थ्य शिविर चलाएको त्यहाँका किसानहरु उत्साहित भएका थिए ।

नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका दाङ्ग जिल्ला अध्यक्ष निमकुमार आचार्यको अध्यक्षता एवम् गोबरडिहा गाविसका लेखापाल कुलबहादुर कुमालको प्रमुख आतिथ्यमा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले निजी तथा सरकारी स्तरका पशु प्राविधिकहरुले एकै थलोबाट किसानहरुलाइृ सेवा प्रभाव गर्नु अत्यन्तै सकरात्मक कार्य भएको भन्दै प्रशंसा समेत गरेका थिए ।

नेब्लाका केन्द्रिय प्रचार विभाग सह—ईन्चार्ज हेमराज आचार्यको स्वागत तथा बिषय प्रबेशबाट शुरु भएको कार्यक्रममा राप्ती प्राविधिक शिक्षालय कृषि विभाग प्रमुख डा. राजु भुसाल, कुलपानी सामुदायिक वन उपभोक्ता समूहका सचिव नवराज शर्मा, पत्रकार सन्तोषकुमार गुप्ता, पशु प्राविधिकहरु अन्नत रेग्मी, रामप्रसाद चौधरी, खेम चौधरी र शिवराज न्यौपाने लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन नेब्लाका देउखुरी क्षेत्रिय समितीका सह—सचिव कृष्ण बिष्टले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट