२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ उवा संघको अध्यक्षमा बुुढाथोकी

२०७२, २६ मंसिर शनिबार १२:३९

सन्तोषकुमार गुप्ता/मंसिर २६, भालुवाङ्ग । सिसहनियाँ उद्योग वाणिज्य संघको शनिवार सिसहनियाँमा भएको पहिलो अधिवेशनले सर्वसहमतले पुुर्णबहादुुर बुुढाथोकीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको वाणिज्य उपाध्यक्षमा सत्यनारायण चौधरी, उद्योग उपाध्यक्षमा प्रकाश आचार्य, सचिवमा ठाकुुरप्रसाद सुुवेदी, सहसचिवमा कुुमार अधिकारी, कोषाध्यक्षमा ईश्वरीप्रसाद अधिकारी रहनुु भएको छ भने अन्य सदस्यहरुमा महिला सदस्य भिमा आचार्य र सदस्यहरुमा राजकिरण खत्री, खेमराज अर्याल रहनुुभएको छ भने दुुई सदस्यका लागि नयाँ कार्य समितिले मनोनित गर्ने बताइएको छ ।

निर्वाचन मण्डलका संयोजक जितेन्द्र चौधरीको अध्यक्षता एवम् संघका निर्वतमान अध्यक्ष शान्तराज भण्डारीको प्रमुुख आतिथ्यतामा भएको कार्यक्रममा प्रगतीनगर नगर विकास समितिका अध्यक्ष गोर्वधन रावत, हरियाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शिवध्वज मल्ल, निर्वाचन मण्डलका सदस्य भिमबहादुुर चौधरी , समाजसेवी तथा बुुद्धिजिवी शान्तराज शर्मा, व्यापारी हरिप्रसाद ज्ञवाली, मधुुप्रसाद सुुवेदी, रविलाल कँडेल लगायतका वक्ताले बोल्नुु भएको थियो ।

गत मंसिर १९ गते संघको नयाँ कार्य समिति चयनका लागि सहमती नभए पछि मंसिर २६ गते निर्वाचन गर्ने भनिएता पनि सहमतीको आधारमा नयाँ कार्य समिति चयन गरिएको निर्वाचन मण्डलका संयोजक जितेन्द्र चौधरीले जानकारी दिनुुभएको छ । साथै कार्यक्रममा संघले निर्माण गर्न लागेको कार्यालय भवन निमार्णका लागि कार्य समितिका पदाधिकारी सहित व्यापरीहरुले नगद रकम सहयोग गर्ने उद्घोष समेत गरेका छन् । कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य ओमनाथ बञ्जाडेले गर्नुु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते