२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘रक्तसञ्चार केन्द्र’स्थापना

१५ मंसिर २०७५, शनिबार ११:४०

मङ्सिर १५, जुम्ला | पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्तसञ्चार केन्द्र (बल्ड बैक) स्थापना गरिएको छ । एक औपचारीक कार्यक्रमकाबिच रक्तसञ्चार केन्द्र स्थापना भएपछि शुक्रबार २० जनाले रत्तदान गरेका छन् । कर्णालीमा अधिकांश मासिनहरु विरामी पर्दा सधैजसो रगतको खोजाखोज गर्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सक्तसञ्चार केन्द्र स्थापना गरीएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान संचालन भएको ८ बर्षपछि बल्ल रक्तसञ्चार केन्द्र स्थापना भएको छ । यहाँका नागरिकहरु विरामी हुदा रगतका लागि आर्मी प्रहरी र अन्य नागरिकहरुसँग गुहार माग्दै आएका थिए । तर प्रतिष्ठानले अस्पताल भित्रै रक्तसञ्चार केन्द्र स्थापना गरेपछि सहज हुने नागरीकले महशुस गरेका छन् ।   


प्रतिष्ठानका रजिष्ट्रार बिश्वराज काफ्लेले रक्तसञ्चार केन्द्र स्थापना गरी रगत संकलनको अभियान सुरु गरीएको बताए । उनले भने, ‘९० प्याकेट रगत स्टोर गर्न मिल्ने गरी रक्तसञ्चार केन्द्र स्थापना भएको छ, रगत संकलन अभियान बृहत रुपमा अघि बढाउनका लागि यहाँका संघसस्था, विद्यार्थी, महिला तथा आमा समुह, रेडक्रस लगायत विभिन्न व्यक्तित्वहरुलाई आग्रह गरेका छौ ।’  

उनका अनुसार रगत संकलनका विभिन्न शिविर तथा अभियानमा प्रतिष्ठानले मेडिकल टोली समेत पठाईदिने भएको छ । एक करोड ३६ लाखमा अत्याधुनिक ल्याब सहित सामाग्री र ९६ लाखमा रगत स्टोरका लागि रेफ्रीजेनेरेटर लागत खरिद गरी रक्तसञ्चार केन्द्रको स्थापना गरिएको हो । यस लगतै सिटिस्कान र अक्सिजनको भण्डार पनि जुम्लामै हुने गरी व्यवस्थापन गर्ने तयारी भैरहेको प्रतिष्ठानले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान