२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा मानव अधिकार दिवस मनाईयो

२०७२, २६ मंसिर शनिबार १२:४३

सन्तोषकुमार गुप्ता/ मंसिर २६, भालुवाङ्ग । भारतले नेपाल माथि नाकाबन्दी लगाएर अन्र्तराष्ट्रिय मानव अधिकार हनन् गरेको तीन महिना बिति सक्दा पनि मानव अधिकारबादीहरुको प्रभावकारी भुमिका नरहेको बिहिबार लालमटियाको मौरीघाटमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

“हाम्रो अधिकार, हामी सबैको अधिकार” भन्ने मुल नाराका साथ जिल्ला मानव अधिकार कार्यालय दाङ्गको आयोजनामा भएको ६८ औँ अन्र्तराष्ट्रिय मानवअधिकार दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । उनीहरुले भारत जस्तो छिमेकी मूलकले नाकाबन्दी लगाउँदा समेत अन्तर्राष्ट्रिय मानव अधिकारबादी संघ संस्थाहरु मौन बस्नु दुखको बिषय रहेको बताएका थिए । अघिपछि मानव अधिकारको ढ्याँग्रो बजाउने मानव अधिकारबादी कहाँ छन् बक्ताहरुले प्रतिप्रश्न गरे । उनीहरुले मानव अधिकार कागजमा मात्र सिमित भएको बताउँदै मानव अधिकारको रक्षाका लागि अधिकार माग्दा कर्तव्य पनि भुल्न नहुने बताएका थिए ।

नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद महेश रिजालको अध्यक्षता एवम् ऐरावती आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल ज्वाईमाई गणका प्रहरी नायव उपरिक्षक श्याममणि ढकाल, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसी, नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाकर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल, थरुहट तराई पार्टीका सनिराम चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा उच्च मावि मौरीघाटका प्रचार्य सिता रिजाल, सर्वोदय उच्च माविका सह—प्रचार्य गोबिन्दबहादुर केसी, पूर्व शिक्षक कृष्ण गिरी, लालमटिया युवा सञ्जालका अध्यक्ष प्रमोद पौडेल, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जमिर शाहले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट