२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

१६८ परिवारलाई राहत सहयोग

२०७५, १६ मंसिर आईतवार ०२:३७

मङ्सिर १६, बाजुरा (रासस) | बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । गएको भदौ १ गतेको पहिरोबाट प्रभावित रिलाका १६८ परिवारलाई राहत सामग्री सहयोग गरिएको हो । 

‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक सामाजिक सेवामा समर्पित संस्थाले दैनिक उपभोग्य सामानदेखि चिसोमा न्यानो कपडा वितरण गरेको हो । सहयोगस्वरुप प्रतिपरिवारलाई २५ किलोका दरले चामल र १६८ ब्ल्याङ्केट सहयोग गरिएको वडाध्यक्ष सुरेन्द्र नाथले बताउनुभएको छ । 

पहिरोबाट प्रभावित पाउनु ओली, कलकबहादुर सिंह, जगबहादुर सिंह, गोरखबहादुर सिंह, बृखबहादुर सिंह, कलबहादुर सिंहलगायत १६८ परिवारलाई २५ किलोका दरले चामल र एक÷एक वटा ब्ल्याङ्केट सहयोग गरिएको सस्थाका अध्यक्ष भत्तराज जोशीले बताउनुभयो । 

बडिमालिकामा पहिलो पटक नगर शिक्षक 

बाजुराको बडिमालिका नगरपालिकाले जिल्लामै पहिलोपटक नगर क्षेत्रका विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने भएको छ । नगरपालिकाबाटै सुविधा दिने गरी नगर शिक्षकको व्यवस्था गरेर सामुदायिक विद्यालयमा पूर्ण दरबन्दी कायम गर्ने कार्यपालिकाले निर्णय गरेको छ । 

सङ्घीय सरकारका दरबन्दी अपुग रहेको विद्यालयमा नगरपालिकाले तलब सुविधा दिने गरी नगर स्वयंसेवक शिक्षक नियुक्ति गर्ने प्रक्रिया शुरु गरिएको नगरप्रमुख पदम बडुवालले बताउनुभयो । बडिमालिका नगरपालिकामा रहेका २५ विद्यालयमा हाल राहत अनुदान, साँवा, स्थायी गरी १३१ सङ्घीय सरकारको दरबन्दीमा रहेका शिक्षक कार्यरत छन् । 

हाल नगरपालिका क्षेत्रमा शैक्षिक उपलब्धि दर ४० प्रतिशत मात्र रहेको छ । थपिएका ४७ जनाको दरबन्दीमा पनि स्थानीयलाई र विषयगत शिक्षकलाई पहिलो प्राथमिकता दिने नगरपालिकाले निर्णय गरेको छ । नगरले राख्ने शिक्षकलाई रु १७ हजार ५०० देखि २२ हजारसम्म सुविधा दिने निर्णय गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते