Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरको विकट वडामा मोटरबाटो पुग्यो

२०७५, १७ मंसिर सोमबार ०४:४७

मङ्सिर १७, दाङ | तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा चिनिने वडा नं ३ को पैयाखोरदेखि साँझवाससम्म मोटर बाटो निर्माण गरिएको छ । 

तुलसीपुर उपमहानगरपालिका–३ को रु ३० लाख सहयोग र गाउँलेको रु १२ लाखको जनश्रमदान गरी रु ४२ लाखको लागतमा तीन किलोमिटर बाटो निर्माण भएको बाटो निर्माण समितिका अध्यक्ष मित्र कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार बाटो निर्माण भएपछि सो वडाका बल्ले, पयौखोर, साँझवास, किमुगैरालगायतका आधा दर्जन गाउँका नागरिक प्रत्यक्षरुपमा लाभान्वित हुने छन् । सो सडकमा अब जीप पनि सञ्चालन गर्न सकिने छ । 

यसअघि त्यहाँ बाटो नहुँदा बिरामी तथा सुत्केरीलाई बोकेर उपचार गराउन तुलसीपुर बजारसम्म ल्याउनुपर्ने बाध्यता रहेको थियो । समयमा ल्याउन नसक्दा कतिको त अकालमा नै मृत्यु हुने गरेको थियो । 

यसैबीच सो कृषि सडकको आइतबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागेको बताउनुभयो । 

पहिलोपटक आफूहरु मोटर बाटोको पहुँचमा पुग्न सकेको भन्दै त्यहाँका स्थानीयवासीले निकै खुशी व्यक्त गरेका छन् । उनीहरुले अब विद्युत्को व्यवस्था गरीदिन पनि नगरप्रमुख पाण्डेलाई अनुरोध गरेका छन् । 

तुलसीपुर बजारदेखि करीब १२ किलोमिटर उत्तर दक्षिणमा रहेको साँझवासमा बाटो नहुँदा त्यहाँका जनताले निकै दुःख खेप्नुपरेको थियो । त्यसैगरी त्यहाँ उत्पादन भएको कृषिउपजले पनि बजार पाउन सकेको थिए । उपमहानगरपालिका भए पनि अझै पनि त्यहाँका नागरिक विकासका पूर्वाधारबाट वञ्चित रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ