२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

विद्यालयको आर्थिक अवस्था कमजोर भएपछी अभिभावकबाटै तलब

२०७२, २७ मंसिर आईतवार ०९:२२

सन्तोषकुमार गुप्ता । भालुवाङ्ग २७ मंसिर । सामान्य त देउसीभैलोबाट संकलित रकम रमाईला कार्यका लागि खर्च गरिन्छ, तर यसको तिहारमा देउखुरीको एक विद्यालयले सञ्चालन गरेको देउसी भैलोबाट संकलन भएको रकम विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरुको तलब भत्तामा गरिने भएको छ ।

प्रशंङ्ग हो लालमटिया—८ नयाँबस्ती श्रीचौर मसुरियामा रहेको नवज्योति निम्न माध्यमिक विद्यालयको, जहाँ ११ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराउँदै आएका छन् । एउटा दरबन्दी र दुई वटा राहत दरबन्दी रहेको यस बिद्यालयमा ८ जना निजी स्रोतबाट तलब भत्ता दिएर विद्यालय सञ्चालन भईरहेको छ । तिहारमा विभिन्न उद्देश्यले विभिन्न समूह तथा संघ संस्थाहरुले देउसी भैलो खेल्ने प्रचलन रहेको भए पनि यस बर्ष बिद्यालयले शिक्षक शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समिती, शिक्षक अभिभावक संघका पद्धाधिकारी, सल्लाहकार र अभिभावकहरुको सक्रियतामा शैक्षिक सहयागार्थ सञ्चालन गरिएको देउसीभैलोबाट ६१ हजार १ सय ५० रुपैयाँ कगल संकलन भएको विद्यालयकी प्रधानध्यापक माया खनालले जानकारी दिईन् । संकलित रकमको ९० प्रतिशत रकम निजी स्रोतका शिक्षक शिक्षिकाहरुको तलबभत्तामा खर्च गरिने, १० प्रतिशत रकम शैक्षिक अवलोकन भ्रमणमा र उत्कृष्ट दान दिने दानदातालाई सम्मान कार्यक्रममा खर्च गरिने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर घर्तीले जानकारी दिए ।

विद्यालयको आर्थिक अवस्था निकै कमजोर भएको भन्दै लामो समय देखि शिक्षकहरुलाई तलब खुवाउन नसकिरहेको भैलोबाट संकलन भएको रकम तलबमा खर्च गर्न पाउँदा केही सहज भएको अध्यक्ष घर्तीले बताए । हामीले शिक्षक दरबन्दीका लागि जिल्ला शिक्षा कार्यालयमा पटक—पटक आग्रंह ग¥यौँ तर अहिले सम्म पनि एउटा दरबन्दी बाहेक अन्य शिक्षकहरुलाई निजी स्रोतबाट विद्यालय सञ्चालन गर्दा निकै समस्या भएको छ, घर्तीले भने । हामीले कक्षा ८ सम्मका विद्यार्थीहरु संग कुनै शुल्क नलिई नितान्त निशुल्क पठनपाठन गरिरहेका छौँ घर्तीले भने । अन्य विद्यालयले विद्यार्थीहरुबाट मासिक शुल्क उठाउँछन् तर हामीले विद्यार्थीबाट परिक्षा फिस बाहेक अरु केही नलिई अभिभावकहरुको आर्थिक सहयोगबाट विद्यालय सञ्चालन गरेका छौँ उनले भने । अहिले सम्म निजी स्रोतबाट अध्यापन गराईरहेका शिक्षक शिक्षिकाहरुलाई तलब भत्ता हामी अभिभावकले नै व्यवस्था गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । देउसीभैलो कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दलबहादुर घर्ती, शिक्षक अभिभावक संघका संयोजक जमुना घर्ती, प्रधानध्यापक माया खनाल, सल्लाहकार केशवराज खनाल, सदस्य उदय परयार, सठराम चौधरी, शिक्षकहरु धनिराम घर्ती, राजेन्द्र चौधरी, रामप्रसाद चौधरी र विद्यार्थीहरु गरी एक सय बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने