2026-09-15 12:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड

मङ्सिर १७, दमौली | महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । 

महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुने गरेको पाइएपछि उक्त संस्थाले विद्यालयमा कक्षा ७, ८, ९ र १० मा अध्ययन गर्ने ८० छात्राहरुलाई धुन मिल्ने सेनेटेरी प्याड वितरण गरेको हो । 

पोखरा डेज संस्थाद्वारा उपलब्ध गराइएको रु ६० हजार बराबरको सेनेटरी प्याड सहितको झोला छात्रालाई हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष नोमा थापाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सेनेटरी प्याड वातावरणमैत्री रहेको र तीन वर्षसम्म प्रयोग गर्न सकिन्छ । 

“महिनावारी भएको समयमा छात्रा विद्यालयमा अनुपस्थित हुनाका साथै विद्यालय आएको समयमा महिनावारी भयो भने पनि कक्षा नै छाडेर नै जाने गरेका छन्,” विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले भन्नुभयो, “तीन÷चार दिनसम्म पनि विद्यालय नआएको तथ्याङ्क छ ।” 

कक्षा १० मा अध्ययनरत मूर्तिकला उपरकोटीले महिनावारी हुँदा लाजका कारण विद्यालय आउन नसक्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय आएको समयमा महिनावारी भयो भने बिदा मागेर घर जाने गरेकी थिएँ तर अब भने त्यस्तो समस्या हुँदैन ।” 

केही समयअघि मात्रै ब्यास नगरपालिका–१ स्थित जलदेवी माध्यमिक विद्यालयका छात्रालाई उक्त प्याड वितरण गरेको र ब्यास नगरपालिका–१ कै निर्मल माध्यमिक विद्यालय र कास्कीको सहारा आधारभूत विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउने तालीम सञ्चालन गरिएको उक्त संस्थाका अध्यक्ष थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ